देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन, सार्वजनिक गाडी र हवाईसेवा बन्दको जानकारीदेखि सतर्क रहन सुझाव


चैत ७, काठमाण्डौ,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कृत्रिम अभाव गर्ने गराउनेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने बताउनु भएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो ।

सार्क कोषमा १० करोड रुपैयाँ

सम्बोधनका क्रममा उहाँले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भयो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा केही दिनअघि भएको सार्क देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुको भिडि‌ओ कन्फेरेन्सको क्रममा सार्क कोष स्थापना गरिएको थियो ।

आनीबानी र सरसफाइमा ध्यान दिन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसजस्तो महामारीविरुद्ध बाँच्न सजिलो नभएकाले आफ्नो आनीबानी र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ । देशवासीका नाममा विशेष सम्बोधन गर्ने क्रममा उहाँले सकेसम्म घर बाहिर ननिस्कन र साबुन पानीले बारम्बार हात धोइरहन आग्रह गर्नुभयो । यस्तै यो भाइरसबाट आतंकित नभइ उच्च सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, ुतपाइँहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु– ‘सरसफाईमा उचित ध्यान दिनुहोस्, साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस्, भीडभाडबाट टाढै रहनु होस्, सकेसम्म घरमै बस्नुहोस्, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस्, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्, धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस् र सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।प्रधानमन्त्री ओलीले कोरोना भाइरसको आंशका भए घरमै स्वयं क्वारेन्टाइनमा बस्न पनि सकिने बताउनुभयो । सम्बोधनमा प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ भन्ने विश्वास लिएको बताउनुभयो ।

लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको बताउँदै चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने जानकारी दिनुभयो । ्

सीमामा कडाइ तथा स्वास्थ्य जाँचको व्यवस्था

सम्बोधनमा सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने बताउनुभयो ।साथै देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक बाहेकका सरकारी सेवा घरबाटै प्रभाव गर्न सकिने बताउनु भएको छ ।उहाँले घरबाटै गर्न सकिने सेवा घरबाटै गर्ने व्यवस्था मिलाइएको तर अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीले भने नियमित रुपमा कार्यालयमा गएर काम गर्नुपर्ने बताउनुभयो । यस्तै कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावबारे अर्थमन्त्रालयले सूक्ष्म तरिकाले अध्ययन गरिरहेको बताउनुभयो ।

सम्बन्धित खवर