“कोरना कहर” “गजल”


पोखरा, चैत २६ ।

कतै अभाब देखे, कतै दवाब देखे ।
बिश्वब्यापी महामारिको प्रभाब देखे ।।

मानव जातिकै चुनौती थियो सायद,
चिनको शहनशिलता, अमेरिकाको रवाफ देखे ।।

आखिर के छैन स्वास्थ्य प्रबिधि ती देश संग ???
तिनै देशका नागरिक रातारात सखाप देखे ।।

आरोप प्रत्यारोपमा नै समय ब्यतित गर्दा,
अस्तित्वनै नासिन्छ कि! तिमिमा खुवाफ देखे ।।

हो, मेरो देशको यस्तै विषम परिस्थितिमा,
अवसर मानी नेताहरुमा देश लुट्ने स्वभाव देखे ।।

सन्तोस पौडेल,
पोखरा म.न.पा. वडा न. २१, निर्मलपोखरी, कास्की ।

सम्बन्धित खवर