लकडाउन शुरु भए यता पर्बतमा लकडाउन उल्लंघन गर्ने ६८ सवारीसाधन कारवाहिमा


पर्बत, बैशाख १७ । देशभर यतिबेला लकडाउन छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट देशवासीलाई बचाउन सरकारले लकडाउन गरेको छ । यस्तो समयमा लकडाउन उल्लंघन गर्ने सबारी साधन तथा अन्य सर्बसाधरण सबैलाई प्रहरीले होल्ड गर्ने गरेको छ । छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरना संक्रमित भेटिएसंगै पर्बतमा पनि थप कडाई गरिदै आएको हो । लकडाउन सुरु भएको गत चैत ११ गतेबाट आजसम्म पर्बतमा लकडाउन उल्लंघन गर्ने ६८ वटा सवारी नियन्त्रणमा लिईएको र जसमध्ये २२ वटा सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्बतका प्रहरी निरीक्षक राम बहादुर भट्टले जानकारी दिनुभयो । पहिलो पटक जान अन्जानमा चलाएका सवारीहरुलाई केहि समय होल्डमा राखि छाडिएको भएपनि पटक पटक जानी जानी लकडाउन उल्लंघन गर्ने सबारी साधनलाई कारवाहिको दायारामा ल्याईएको ट्राफिक प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताउनुभयो ।
लकडाउन उल्लंघन गरी सडकमा गुडेका ती सवारीलाई कारबाही गर्दा १२ हजार ५ सय रुपैयाँ राजस्व समेत संकलन भएको छ । यस्तो बिषम परिस्थीतीमा पनि अटेर गरी सवारी चलाउनेहरुलाई सामान्य कारबाही गर्दा यो राजश्व संकलन भएको पौडेलले बताउनुभयो । लकडाउन उलंघन गरी सवारी लिएर बाहिर निस्कनेमा सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेको उनको भनाइ छ । कारवाहिमा परेका २२ वटा सवारी मध्ये सबैभन्दा बढी मोटरसाईकल रहेका छन् । लकडाउन उल्लंघन गर्नेलाई एकैपटक जरिवाना नगरी शुरुमा सम्झाउने बुझाउने गरिएको तर अटेर गररे निस्किए प्रथमपटक ५०० जरिवाना त्यति गर्दा पनि नटेर्ने दोस्रो, तेस्रो पटक उल्लंघन गर्ने भेटिएमा १ हजार भन्दा बढी जरिवाना गर्ने गरेको उहाँले बताउनुभयो । लकडाउन उल्लंघन हुने क्रम भने पर्बतमा अझै रोकिएको छैन ।

सम्बन्धित खवर