डिमुबा हेल्थ डेस्कमा झण्डै ८ हजारको स्बास्थ जाचँ, अस्पताल ब्यवस्थापन समिति अध्यक्ष पहाडीद्धारा अनुगमन
पर्बत, बैशाख २१ । लकडाउन शुरु भएसंगै पर्बतको मोदी गाउँपालिकामा स्थापना भएको हेल्थ डेस्क स्वास्थ्य जाँच गर्नेहरु बढ्दै जान थालेका छन् । लक डाउनमा कडाई भैरहेको बेला पनि धौलागिरीको प्रबेशको नाका मानिएको पर्वतको डिमुवा नाकाबाट मानिसहरु भित्रिने क्रम नरोकिएको कारण स्वास्थ्य जाँच गर्नेहरु बढ्दै जान थालेका हुन । हेल्थ डेस्क स्थापना भएदेखि अहिले सम्म कुल ७ हजार ९ सय २ जनाको स्बास्थ जाचँ गरीएको छ । काठमाण्डौ, पोखरा लगायतका बिभिन्न ठाउँमा बसिरहेका मानिसहरु धमाधम बसबाट आउन थालेको र पैदलै हिडेर आउने क्रम पनि नरोकिएको कारण स्बास्थ जाचँ गर्नेहरु बढेको डेस्कले जानकारी गराएको हो । अहिले सम्म ६ हजार २ सय ४९ पुरुष र १ हजार ६ सय ५३ महिला गरी कुल ७ हजार ९ सय २ जनाको स्बास्थ जाचँ गरिएको हेल्थ डेस्कका सह संयोजक प्रकाश चन्द्र सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न ठाउँमा मजदुरी गर्दै आएका महिला तथा पुरुषहरु बढी फर्केको पाईएको हो । लक डाउन शुरु भएसंगै डिमुवामा हेल्थ डेस्क निरन्तर सञ्चालनमा आएको छ । सवारी साधन, अत्याबश्यक खाद्यान्न सामाग्री, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीहरु पनि हेल्थ डेस्कमा स्बास्थ जाचँ गरी फर्केने गरेका छन् । पछिल्ला दिनहरुमा अलपत्र परेका मजदुरहरु पैदलै हिडेर घर तर्फ फर्केका कारण पनि भित्रनेको संख्या बढी भएको हो ।
यसैबिच जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले शनिबार हेल्थ डेस्क तथा मोदी युबा सञ्चालले सञ्चालन गरेको मोदी गाउँपालिका द्धारा सञ्चालीत सामुहिक मेषको अनुगमन तथा अबलोकन गर्नुभएको छ । अबलोकनको क्रममा हेल्थडेस्कमा जिल्ला भित्रनेहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच गरेर मात्र पठाउन पनि उहाँले आग्रह गर्नुभयो । स्वास्थ्य जाँचको क्रममा कोरना आशंका लागेमा तत्काल जिल्ला अस्पताल पर्बतलाई खबर गर्ने आग्रह समेत गर्नुभयो । उहाँले मोदी युबा सञ्जाललाई सामुहिक मेष सञ्चालन गरी मजदुर तथा पैदलयात्रीहरुको उद्धारमा लागेकोमा धन्यवाद समेत दिनुभयो । बिपतको घडीमा सञ्जालले देखाएको प्रसंसनिय कार्यको सबैले अनुशरण गर्न आबश्यक रहेको पनि उहाँले बताउनुभयो । मोदी युबा सञ्जालका संयोजक समिर मल्लले दिएको जानकारी अनुसार अहिले सम्म झण्डै ५ सय मजदुर तथा पैदलयात्रीहरुलाई खाना खुबाई गन्तब्य तर्फ फर्काईएको छ । मल्लले बिरामी तथा सुत्केरी महिलाहरु आएको खण्डमा सबारी साधन मार्फत घर सम्म पु¥याईदिने काम समेत सञ्जालले गर्दै आएको बताउनुभयो