महाशिला गाउँपालिकालाई राष्ट्रिय बाणिज्य बैंकलुङ्खु देउराली शाखाद्धारा स्बास्थ सामाग्री सहयोग
पर्बत, बैशाख २२ ।
पर्वतको महाशिला गाउँपालिकामा रहेको राष्ट्रिय बाणिज्य बैंक लुङ्खु देउराली शाखाले गाउँपालिका लाई कोरना भाईरस कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि रु १७ हजार ४ सय बराबरको स्वास्थ सामाग्री प्रदान गरेको छ । शाखाले सोमबार महाशिला गाउँपालिका स्वास्थ्य शाखा लाई ५ सय पिस माक्स, ५ सय पिस गल्ब्स र ८० पिस सेनिटाइजर प्रदान गरेको महाशिला गाउँपालिका प्रबक्तmा जिबन उचै ठकुरीले बताउनुभयो । कोभिड–१९ विरुद्ध लड्न गाउँपालिकालाई सघाउ पु¥र्याउन बिभिन्न स्बास्थ सामाग्री सहयोग गरेको राष्ट्रिय बाणिज्य बैंक लुङ्खु देउराली शाखाले जनाएको छ ।ठकुरीले बैकले प्रदान गरेको बिभिन्न स्बास्थ सामाग्रीले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोना रोकथाम र नियन्त्रणको लागि सहयोग गर्ने राष्ट्रिय बाणिज्य बैंक लुङ्खु देउराली शाखालाई धन्यवाद दिनुभयो ।