मोदी युबा सञ्जालद्धारा संचालित सामुहिक खाना खुवाउने मेस बन्द


पर्बत, जेष्ठ ७ । पर्वतको मोदी गाउँपालिकामा क्रियाशिल मोदी युबा सञ्जालले मोदी २ पातिचौरमा सञ्चालन गरेको खाना खुवाउने मेष केहि समयको लागि बन्द गरेको छ । मोदी गाउँपालिकाको समन्वयमा मोदी युवा सञ्जालले सञ्चालन गरेको मेस सोमबार देखि बन्द भएको सञ्जालका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण यात्रामा अलपत्र परेका तथा खाना खान नपाउने र जिल्लामा रहेका मजदुर बर्गलाई लक्षित गरी सञ्चालनमा ल्याईएको मेस केहि समयको लागि बन्द गरीएको मल्लले जानकारी दिनुभयो ।सञ्जालले गत वैशाख १० गते देखि पातिचौरमा रहेको पशुपति आधारभुत विद्यालयमा मेस तथा क्वारेन्टीन स्थापना गरेको थियो । कतिपय अलपत्र परेका मजदुर तथा यात्रिको लागि भने खाना खुवाई गन्तब्य सम्म पु¥याउने काम समेत गरीएको सञ्जालका अध्यक्ष मल्लले जानकारी दिनुभयो । सञ्जालले सञ्चालन गरेको मेसमा झण्डै २ हजार भन्दा बढी यात्री तथा मजुदरहरुले रहात पाएका थिए । भने तीन सय ७६ जनाले खानाको सुविधा पाएका थिए । सञ्जालले यस अघि मोदी गाउँपालिका भित्र ५ हजार निशुल्क मास्क बितरण गरेको थियो भने मिर्गौला पीडित ब्यक्तिलाई रकम र मजदुरहरुलाई राहत पनि वितरण गरेको थियो । मेस तथा क्वारेन्टाईन संचालनका लागि मोदी गाउँपालिकासँग सहकार्य गर्न पाएकोमा सञ्जालद्धारा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेल र प्रवक्ता विमल लामिछानेलाई विशेष धन्यवाद व्यक्त गरेको छ । महामारीको अवस्था बढ्दै गएमा पुनः संचालन गर्ने तयारी रहेको पनि उहाँको भनाई छ ।

सम्बन्धित खवर