साउदी पुगेका प्रदिपले गरे जन्मदिनको अबसरमा क्यान्सर पिडितलाई हरेक महिनाको ७ प्रतिशत सहयोग गर्ने प्रण

पर्बत, जेठ १५ । बाग्लुङको जैमिनी नगरपालिका २ दराउदि निवासी तुल्सी सापकोटालाई स्तन क्यान्सर भएको र आर्थिक अभाबमा अहिलेको यो कोरोना भाईसरको माहामारीको समयमा उनको उपचारमा थप समस्या भएको भन्दै जैमिनी नगरपालिका वडा नं २ ले एक सहयोग सूचना जारी गर्दै देश तथा बिदेशमा रहने सम्पुर्णलाई सहयोग गर्न आग्रह गरको थियो । वडा कार्यलयले जारी गरेको सुचना देखेपछि वैदेशिक भ्रमणको शिलशिलामा कतार, दुबै हुदै हाल साउदी अरेबिया पुग्नु भएका सामाजिक कार्यमा अग्रसर रहने संचारकर्मी सोहि वडा गणबास निवासी प्रदिप बिश्वकर्मा गौतमले आफ्नो जन्म महिनाको समय पारेर वैशाख र जेष्ठ महिनाको आफुले कमाएको रकमबाट बचत भएको रकम बाट ७ं प्रतिशतले गरि १४ प्रतिशतको हिसाबले पाँचहजार पाँच सय रुपैयाँ सहयोग गरेको जन्म दिनको दिन सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन । सहयोग आफ्नी धर्मपत्नी बिन्दु बिश्वकर्माको नामबाट क्यान्सर पिडितको खातामा डिपोजिट गरेको बताएका छन । बिगतका दिनहरुमा पनि सामाजिक कार्यमा सके आँफुले नै धन दिने नसके अभियान चलाएर भए पनि सहयोग गर्ने बि. गौतमले अबका दिनमा आँफुले कमाएको धनको प्रतेक महिना ७५ का दरले दुखि( पिडित , अशाय( अपांग , गरिब ( मजदुर , औषधी उपचारमा ठुलो धन राशि खर्च लाग्ने बिरामी आपत बिपत ब्यवस्थापन तथा भै परि आउने जुन कुनै क्षेत्रमा पनि सहयोग गर्ने जन्म दिनकै दिनबाट प्रणय लिएको आफ्नो फेसबुक पोष्ट मार्फत जनाएका छन । साथै उनले लेखेका छन । खोला खोला मिलेर नदि बने जस्तै यो मेरो सानो सहयोगले ठुलो भुमिका खेल्नेछ । हामीसँगको कुराकानी अनि भन्छन् आफु भ्रमणको शिलशिलामा साउदी आएकै दिन देखि अन्तर्रा्ष्ट्रिय उडान पुर्ण रुपले ठप्प भइ सकेको कारण यहीँ बस्नु पर्ने बाध्यता बन्ने ।

तर त्यही समयमा भाग्यले साथ दियो र एउटा मार्केटमा काम गरिरहेको अनले बताए कोरोना माहामारीको बेला कहिले उडान खुल्छ थाहा छैन । त्यसैले काम पनि गरिरहको छु सायद एक दुई वर्ष यतै बस्छु होला । उता आफ्नो फुपुको छोरा ( दाइले ) गरेको सहयोगमा साथ दिदै सोहि वडा देउराली डाँडा निवासी हाल उच्च शिक्षा अध्यनको शिलशिलामा न्युजिल्याण्ड रहेका बिमल बिश्वकर्माले पनि बाह्र हजार आठ सय छयालीस रुपैया सहयोग गरेका छन ।  स्तन क्यान्सरबाट पीडित महिलाको अहिले चितवनमा रहेको बिपि मेमोरियल क्यान्सर अस्पतालमा उपचार भैरहेको जनाइएको छ । पुर्णरुपमा क्यान्सर निको बनाउन खर्च धेरै लाग्ने भएकोले सहयोगको लागि वडा कार्यलयले अपिल गरेको थियो ।  देश तथा बिदेशमा रहनु भएका उहाँलाई सहयोग गर्न चाहनुहुने मानुभाबले ग्लोबल आए.एम.ई बैक लिमिटेड कुश्मीसेरा शाखामा तुल्सी सापकोटाको नाममा रहेको बैंकको खाता नम्बर ४५०७०१०००४७६६ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।स्तन क्यान्सरबाट पीडित महिलाको अहिले चितवनमा रहेको बिपि मेमोरियल क्यान्सर अस्पतालमा उपचार भैरहेको जनाइएको छ । पुर्णरुपमा क्यान्सर निको बनाउन खर्च धेरै लाग्ने भएकोले सहयोगको लागि वडा कार्यलयले अपिल गरेको थियो ।  देश तथा बिदेशमा रहनु भएका उहाँलाई सहयोग गर्न चाहनुहुने मानुभाबले ग्लोबल आए.एम.ई बैक लिमिटेड कुश्मीसेरा शाखामा तुल्सी सापकोटाको नाममा रहेको बैंकको खाता नम्बर ४५०७०१०००४७६६ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

सम्बन्धित खवर