पर्बतका डिएसपी अर्याल र होटल ब्यवसायी सम्मानीत

कोरना नियन्त्रणमा उल्लेख्य भुमिका खेलेको भन्दै प्रशंसा


पर्बत, जेठ १५ । पर्वतका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल र दुई जना होटल ब्यबसायी सम्मानित भएका छन । जिल्लाको शान्ति सुरक्षा र बिपद् ब्यबस्थापनका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रमुख अर्याल सहित होटल बन्दकका सञ्चालक कृष्णप्रसाद श्रेष्ठ र ब्लु एञ्जल्स रिर्पोटका सञ्चालक राजु आचार्यलाई सम्मान गरिएको हो ।

पर्वतबाट सरुवा भै चितवन जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले प्रशंसा पत्रले सम्मान गरिन । प्रहरी प्रमुख अर्याललाई शान्ति सुरक्षा तथा बिपद् ब्यबस्थापनका लागि जिल्ला सुरक्षा समितिको सदस्यको रुपमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसापत्रले सम्मान गरेकी हुन् । जिल्ला प्रहरी प्रमुख अर्याल सबै पक्ष संग समन्वय गर्दै बिबादरहित ढंगले शान्ति सुरक्षा कायम गर्न सफल हुँदै आएका छन् ।

यस्तै होटल ब्यबसायीहरु श्रेष्ठ र आचार्यले कोभिड १९ बिरुद्धको अभियानमा आफ्नो होटलहरुलाई पुलिङ क्वारेन्टाईनका रुपमा प्रयोग गरेका कारण प्रशंसापत्र प्रदान गरिएको छ । पर्वतमा पहिलो पटक भारत र तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई उद्दार गरि पिसिआर परिक्षण नहुञ्जेल सम्म होटलहरुमा क्वारेन्टाईन बनाएर राख्न थालिएको छ । सक्रमण फैलन नदिन र परिक्षण कार्यलाई सजिलो बनाई संक्रमितलाई छिटो स्वास्थ्य संस्थामा लान पुलिङ क्वारेन्टाईनले ठुलो मद्दत पु¥याएको छ ।

सम्बन्धित खवर