१३ औ गणतन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस पर्वतद्धारा दिप प्रज्वलन


पर्बत, जेठ १५ । नेपाली काँग्रेस पर्वतको आयोजनामा १३ औ गणतन्त्र दिवसको अवसरमा सदरमुकाम कुशमामा दिप प्रज्वलन गरिएको छ । काँग्रेसले लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका एतिहासिक जन आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै दिप प्रज्जलन कार्यक्रम सम्पन्न गरेको हो । दिप प्रज्जलन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुन जोशिले गणतन्त्र प्राप्तीको लागि आफ्नो प्राणको उत्सर्ग गर्ने शहिदप्रति श्रद्धान्जलि अर्पण गर्दै सबै योद्धाको त्याग र समर्पण प्रति सम्मान प्रकट गर्नुभएको थियो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिएका सबैको उच्च प्रशंसा गर्दै यस दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना समेत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य कुलप्रसाद उपाध्यक्ष, निर्मल विश्वकर्मा, महासमिति सदस्य बसन्त बहादुर सि.के, महाधिवेशन प्रतिनिधि सिता काफ्ले लामिछाने, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सुरेन्द्र केसि, नेपाल महिला संघ कार्यवाहक अध्यक्ष  मुना शर्मा लामिछाने, ने.वि.संघ उपाध्यक्ष किशोर सुबेदी, नेपाल प्रेस युनियन पर्वत अध्यक्ष माया अधिकारी, नेपाल रेडक्रस पर्वतका अध्यक्ष रूद्र रिमाल, नेपाली काङ्ग्रेशका नेता परशुराम पुरी, सहिद परिवारको तर्फबाट देव शर्मा लगायत अन्य सामाजिक व्यक्तिको उपस्थित रहेको थियो । कोरानाको कारण सामाजिक दुरि कायम गर्दै दिप प्रज्जलन कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रम सञ्चालन बिद्यार्थी नेता शिशिर पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित खवर