लोकप्रिय गायक रुपक डोटेलको नयाँ गित लगी दे चरी सार्बजनिक


पर्बत, असार १० । बन्की चरी,सानु माया,चोखो माया जस्ता लोक प्रिय गितमा आवज भरेर नेपाली मन मुटुमा पस्न सफल भएका स्याङजाली गाएक रुपक डोटेलले नयाँ आधुनिक गित सार्बजनिक गरेका छन् । डोटेलले लक डाउनको बेला समयको सदुपयोग गर्दे नयाँ आधुनिक गित ूलगी दे चरीू भन्ने गित मंगलबार सार्बजनिक गरेका हुन । जीवीकोपार्जनको समस्याका कारण विदेशिन बाध्य भएकाहरुको पीर व्यथालाइ समेटेर बनाइएको उक्तm गितमा एरेन्ज विनय कार्को , शब्द र संगित दीपक शर्माको रहेको छ भने स्वर आफै डोडेलले भरेका छन् । उनको यो नयाँ सार्बजनिक भएको गित लगी दे चरी रुपक डोटेल को आफ्नै यू९ट्युव च्यानलमा गएर सुन्न सकिने डोटेलको भनाइ छ । दर्शकहरुकै माया र ममताले यहाँ सम्म आइपुगेको बताउदै साङगितिक यात्रामा थप जोस जाँगर दिन भरर्खर सार्बजनिक भएको गित सुनिदिन र उनको यू९ट्युव च्यानल सस्क्राइब गरिदिन समेत डोटेलले आग्रह गरेका छन् । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण भिडियो सार्बजनिक गर्न नसकेको बताउदै सहज परिस्थिती हुने वितिकै भिडियो सार्बजनिक गर्ने प्रतिबद्धता समेत डोटेलले गरेका छन् ।

सम्बन्धित खवर