५ दिन यता देखि बन्द रहेको पर्वत जिल्ला अस्पतालका सेवा आज बिहानै देखि शुरु

पर्वत, असार १० । स्वास्थ्याकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको पर्वत अस्पतालको सेवा आज बिहानदेखि सुचारु भएको छ । संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कका ब्यक्तिहरुको कोरोना परिक्षणको नतिजा आएपछि अस्पातालको आँशिक सेवा सुचारु गरिएको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो । असार ५ मा दुई चिकित्सक सहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सवैजसो सेवा बन्द गरिएको थियो । पर्वत अस्पतालमा आज बुधवार देखि इमर्जेन्सी र प्रसुति लगायत आंशिक सेवा सुचारु गरेको हो । अन्य सेवा क्रमशः सुचारु हुँदै जाने जिल्ला अस्पताल पर्बतका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो ।

असार ५ गते पहिलो पटक ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको पनि परिक्षण गरिएको थियो । परिक्षणका लागि ८१ जनाको स्वाब संकलन गरिएको थियो । संकलित ८१ मध्ये ४ जनामा थप कोरोना पुष्टि भएको छ । ४ जना मध्ये २ जना स्वास्थ्यकर्मी र बाँकी २ जना अन्य रहेका छन् । जिल्ला अस्पतालका कुल ७ जना स्वास्थ्यकर्मी संक्रमीत बनेका छन । उनीहरुलाई आइसोलेसनमा राखिएको छ । ७ जना मध्ये पनि २ जना चिकित्सकको भने यस अघि नै दोस्रो परिक्षणको रिर्पोट नेगेटिभ देखिएको छ ।

सम्बन्धित खवर