मोदी ४ हलहलेमा ट्रान्समिटर पड्कीदाँ १२ दिन सम्म अन्धकार ( भिडियो सहित )


पर्बत,असार ११ । ट्रान्समिटर पड्कीदाँ १२ दिन सम्म गाउँनै अन्धकारमय बनेको मोदी गाउँपालिका ४ हलहलेमा बुधबारबाट बत्ति बलेको छ । जेठ ३१ गते राती आएको हावाहुरी सहितको चट्रयाङको कारण ट्रान्समिटर पड्कीदाँ १२ दिन सम्म गाउँनै अन्धकारमय बनेको थियो । जसको कारण सम्पुर्ण बस्तीनै अन्धकारमय बनेको हो । सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटर पड्कीदाँ १२ दिन सम्म अन्धकारमा रात बिताउन बाध्य भएको स्थानियबासीले गुनासो गरेका हुन । ट्रान्समिटर परिवर्तन गरी अवरुद्ध विद्युत् सेवा बुधबारबाट सुचारु गरिएको स्थानिय समाजसेबि बुद्ध पुनले जानकारी दिनुभयो । जसको लागि नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रसंग लामो संघर्ष गर्नु परेको उहाँले बताउनुभयो । १२ दिन सम्म बिद्युत सेबा अबरुद्ध हुदाँ झण्डै एक सय घर परिबार अन्धकारमय बनेका थिए । पटक पटक ट्रान्समिटर पड्कीदाँ स्थानियहरुले निकै सास्ती झेल्न बाध्य भएको पनि उहाँले बताउनुभयो । झण्डै १३ बर्ष अघि सामुदायिक वन उपभोक्ता समिति र स्थानीयको लागतमा काठे पोल खरिद गरि बिजुलि बाल्न थालिएको थियो काठेपोल जिर्ण बन्दै गएपछि केहि समय पहिले काठेपोल बिस्थापित गरी फलामे पोल राखिएको हो । वर्षातको समयमा समान्य हावाहुरी आउँदा पनि पोल ढल्ने, ट्रान्समिटर पड्कने, तारहरु जुद्धा आगलागी हुने, उपभोक्ताको विद्युतीय उपकरणमा क्षति पुग्ने गरेको पुनले जानकारी दिनुभयो ।

सम्बन्धित खवर