अमेरीकाबाट दुर्लुङ पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग (भिडियो सहित)
पर्वत, असार ११ । गत जेष्ठ ३१ गते राती पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारीमा गएको पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई अमेरीकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहि सामाजीक क्षेत्रमा क्रियाशिल तेह्थुम निबासि हेम थापा, ललितपुर निवासि कृष्ण खड्का र मनिषा बस्नेत सुवेदी द्धारा मृतकका परिवारलाई ८४ हजार ६४ रुपैया सहयोग संकलन भएको थियो । जसमध्ये पीडितको पीडामा थोरै भएपनि मलम लगाउने उद्देश्यले रकम जुटाएर सहयोग गर्ने तेह्थुम निबासि हेम थापा बाट ५० हजार ललितपुर निवासि कृष्ण खड्का ११ हजार ३ सय ५५ र मनिषा बस्नेत सुवेदी द्धारा २२ हजार ७ सय ९ रुपैया आर्थिक सहयोग संकलन भएको थियो । उक्तm सहयोग सामाजिक क्षेत्रमा क्रियाशिल तथा जिल्ला अस्पताल पर्बतका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडी मार्फत १३ औ दिनको पुण्य तिथिको अबसरमा मृतकका परिवार बसेको ठाउँमा पुगेर राहात स्वरुप प्रदान गरिएको हो । प्रति परिवार ३५ हजारका दरले राहात रकम प्रदान गरीएको पहाडीले जानकारी दिनुभयो ।
भिषण पहिरोबाट भएको जनधनको क्षतिमा परी ज्यान गुमाएका तुलबहादुर थापाको परिबारलाई ३५ हजार, कमला विकको परिवारलाई ३५ हजार र पहिरोबाट जोगिई धनजनको क्षतिमा परेका भुबन गिरीलाई १४ हजार ६४ रुपैयाँ रुपैया आर्थिक सहयोग हस्तान्त्रण गरिएको हो । अमेरिकाबाट प्राप्त सहयोग रकम हस्तान्त्रण कार्यक्रममा बोल्दै पहाडीले सामाजीक मनका धनी हेम थापा तथा सम्पुर्ण सहयोगि मनहरुलाई धन्यवाद दिनुभएको थियो । बिपदको समयमा मानविय हिसावले एकले अर्कालाई सहयोग गर्नु अपरिहार्य रहेको भन्दै पर्बत स्थायी घर नभएपनि नेपाली पनको पहिचान प्रस्तुत गर्ने सबैमा उहाँले धन्यवाद ब्यक्तm गर्नुभयो । पहाडीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गदै बिपतको बेला सबैले धैर्य धारण गर्नुपर्ने बताउनुभयो । जेठ ३१ गते गएको पहिरोमा परि दुई परिवारका ९ जनाको मृत्यु भएको थियो । सहयोगि मनका धनी हेम थापाले केहि समय पहिले गरिबीका कारण बिद्यालय आउन नसकेको पत्र बिद्यालयका प्रध्यानाध्यपकलाई पठाई पढ्न बाट बञ्चीत हुन परेको दुखेसो पोखेकी बेनी नगरपालीका वाड नं. ६ का पुजा खत्री र उनका भाई बहिनीलाई १२ कक्षासम्म पढ्दा लाग्ने खर्च भुक्तानी गर्दै आईरहनु भएको छ । #भिडियो हेर्नेको लागि तलको लिङ्क क्लीक गर्नुहोला