पर्बतको कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी नजिक भेटियो नेपालकै ठुलो किङ कोब्रा(भिडियो सहित)


पर्बत, असार ११ । विश्वमै दुर्लभ र विषालु मानिने किङ कोब्रा जस्तो देखिने सर्प पर्बतमा भेटिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारीमा बुधबार उक्तm सर्प भेटिएको हो । स्थानिय चिरन्जीवी लामिछानेको घर नजिकै लामो र ठुलो सर्प देखिएको हो । लामिछानेले फुल पार्न बसे जस्तै गरी सर्प बसेको जानकारी गराएका हुन । अर्को स्थानिय सन्तोष लामिछानेले उक्त सर्प किङ कोब्रा हुन सक्ने भन्दै पोखराबाट सर्प संरक्षक तथा सर्प बिषेशज्ञको टिमलाई खबर गरेको जानकारी गराएका छन् । सर्प संरक्षक तथा सर्प बिषेशज्ञको टिमले उक्तm सर्प फिमेल किङ कोब्रा हुन सक्ने समेत बताएका छन् । बिषेशज्ञ सहितको प्राबिधिक टिम शुक्रबार सो स्थानमा आई अबलोकन गर्ने लामिछानेले ताजा न्युज २४ लाई जानकारी गराएका छन् । यस अघि पनि पर्बतको कुश्मा नगरपालिका १० पिपलटारीको सिमखेतमा किङ कोब्रा भेटिएको थियो ।#भिडियो हेर्नेको लागि तलको लिङ्क क्लीक गर्नुहोला 

 

सम्बन्धित खवर