पर्बतको कटुबाचौपारीमा भेटिएको सर्प दुर्लभ पोथि कालीनाग भएको पुष्टि


पर्बत, असार १२ । पर्बतको कटुवाचौपारीमा भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएको छ । बुधबार कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारीमा स्थानियहरुले उक्तm सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प बिषेशज्ञको टिमलाई खबर गरेका थिए । स्थानियको खबर पश्चात आएको बिषेशज्ञको टिमले फिमेल कालीनाग भएको पुष्टि गरेका थिए । सर्प संरक्षक ऋषि बराल लगायतको बिषेशज्ञको टिमले सर्पको अबलोकन गरेको थियो । बरालका अनुसार उक्तm सर्प पोथि कालीनाग भएको र अहिले त्यसलाई जुन ठाउँमा छ त्यहिँ ठाउँमा छोड्न पर्ने बताउनुभयो । फुल पारी सेकेर बसेको कारण दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई त्यहि संरक्षण गरी राख्न उहाँले अनुरोध गर्नुभयो । संसारकै विषालु हुने हुदाँ बच्चा जन्माउनको लागि फुल सेकेर बसेको कारण पनि अहिले त्यसलाई अन्यत्र लान नहुने उहाँको सुझाब थियो । बिषेशज्ञको टिम सहित जिल्ला बन कार्यलयका प्रतिनिधि समेत सो स्थानमा पुगेका थिए । संसारकै विषालु राजगोमन अर्थात् पोथि कालीनागले समेत चिनिने किङ कोब्रालाइृ तत्काल संरक्षण्को लागि लान नमिल्ने भएपछि सोहि स्थानमा तारबेर लगाएर छोडिएको र पछि मात्रै त्यसलाई संरक्षण क्षेत्रमा लगेर छोडिने छ । तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको क्षेत्रमा ठूलो प्रजातिको सर्प घरआसपास देखिए पछि स्थानीयवासी त्रसित बनेका थिए । यस अघि पनि पर्बतको कुश्मा नगरपालिका १० पिपलटारीको सिमखेतमा किङ कोब्रा भेटिएको थियो । उक्तm किङ कोब्रालाई पर्बतकै घना जङगलमा छोडिएको थियो ।

सम्बन्धित खवर