पर्बतका क्वारेन्टाईनमा बसेका नागरिकलाई पखेटा नेपालद्धारा स्वास्थ्य सामाग्री सहयोग


पर्वत ,असार २२ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरना भाईरस (कोभिड १९) को कारण भारत तथा तेस्रो मुलुकबाट नेपाल आई बिभिन्न क्वारेन्टिनमा बस्नेहरु दिनप्रतिदिन बढीरहेका छन् । त्यसै अन्तगर्त पर्वतका बिभिन्न क्वारेन्टिनमा पनि नागरिकहरु अहिले बसिरहेका छन् । उनिहरुको स्बास्थ अबस्था देखि खाद्यन्न लगातका कुराहरुमा सबैको ध्यान गईरहेको अबस्था छ । पालिकाहरुले उनिहरुलाई ब्यवस्थापन गरिरहेका छन् । भने बिभिन्न संघसंस्थाहरुले उनिहरुलाई स्वास्थ सामाग्री सहयोग गर्दै आईरहेका छन् । त्यसै अन्तगर्त पोखराको सृजना चोकमा अबस्थित पखेटा नेपालले क्वारेन्टिनमा बस्नेहरुका लागी स्वास्थ्य सामाग्री बितरण गर्ने कार्य गर्दै आईरहेको छ ।  स्वतन्त्र जीवनका लागी पखेटा भन्ने मुल नाराका साथ स्थापना भएको पखेटा नेपालले यो बिपतको समयमा गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा पुगी क्वारेन्टिनमा बसिरहेका बिभिन्न नागरिकहरुलाई स्वास्थ्य सामाग्री बितरण गर्ने कार्य जारी रोखेको छ ।

बिशेषत महिला दिदीबहीनीहरुको सीप तथा नेतृत्व बिकास र स्वरोजगारको क्षेत्रमा काम गर्दै आएको पखेटा नेपालले आईतबार पर्बतका क्वारेन्टिनमा बसेका महिला तथा नागरिकहरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । आफैले उत्पादन गरेको बाताबरण मैत्री, पुन प्रयोग गर्न मिल्ने, घरमै उत्पादन गर्न सकिने घरेलु सेनेटरी प्याड, पञ्जा र माक्स संस्थाले प्रदान गरेको संस्थापक अध्यक्ष बिनु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १६ थान पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड, मास्क १ सय ३० थान र एक बोत्तल सेनिटाईजर हस्तान्त्रण गरिएको हो ।
स्बास्थ सामाग्री एक कार्यक्रमका बिच कुश्मा नगरपालिकाका उपमेयर सिता काफ्ले लामिछाने लाई हस्तान्त्रण गरिएको छ । सामाग्री हस्तान्तरणको अवसरमा बोल्दै लामिछानेले अहिलेको महामारीबाट बच्च र बचाउनको लागि सबै जुट्नुपर्ने समय आएको बताउनुभयो । लामिछानेले यो समयमा बिशेष गरी महिलाहरुको लागी सुरक्षित महिनावारी र स्वास्थ्यसंग जोडिएर काम गर्ने पखेटा नेपाललाई धन्यवाद समेत दिनुभयो ।

सम्बन्धित खवर