कोरोना अस्पतालमा उपचारर्थ संक्रमित बिरामीका लागि मोदी गाउँपालिकाद्धारा रोग प्रतिरोधात्मक औषधी हस्तान्तरण


पर्वत, असार २२ ।पर्वतको मोदी गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भई अस्थायी कोरोना अस्पतालमा उपचाररत बिरामीहरुका लागि रोग प्रतिरोधात्मक आर्युवेदीक औषधीहरु हस्तान्तरण गरेको छ । पर्वतको सिसीएमसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रोटोकल अनुसारका औषधी हस्तान्तरण गरिएको हो । सोमवार एक कार्यक्रमका बीच मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई औषधीहरु हस्तान्तरण गर्नुभएको हो । मोदी गाउँपालिकाको आर्युवेदिक स्वास्थ्य शाखा मार्फत उपलव्ध भएका अस्वगंन्धा चुर्ण ६० प्याकेट, गुडुची चुर्ण ६५ प्याकेट, त्रिकुट चुर्ण ६५ प्याकेट, च्यावान्प्रास ६५ वटा र तुलसी चिया ६० वटा हस्तान्तरण गरिएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका कविराज प्रकाशचन्द्र सुवेदीले जानकारी दिनुभयो । आज बितरण गरीएको औषधिहरु करीब १ लाख मुल्य बराबरको रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कोभिड १९ मा प्राकृतिक आर्युवेदीक औषधीहरुको बिभिन्न देशमा अनुसन्धान समेत भएको छ । हाल जिल्ला आर्यबेद सदरमुकाम नभई फलेबास नगरपालिका हुनाले पनि समस्या उत्पन्न भएको छ ।

उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुलाई इम्युनिटी पावर बढाउन उक्त औषधीहरुले महत्वपुर्ण भूमिका खेल्ने बताईएको हो । औषधी हस्तान्तरण गर्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले कोरोनाको औषधी पत्ता नलागिसकेको अवस्थामा आयुर्वेद औषधीनै महत्वपुर्ण हुने बताउँदै यसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विस्वास व्यक्त गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले आर्युवेदिक औषधी सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै औषधीको उचित सदुपयोग गर्ने बताउनुभयो । पर्वतमा हालसम्म ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जना निको भएर फर्किएका छन् ।

सम्बन्धित खवर