अमेरिकाका लागि नेपाली राजदुत डा कार्कीले सार्वजनिक गरे गीतकार कमलाको एल्बम तरंग, एल्बमको चर्चा

काठमाडौँ, असार ३१। गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग ९द वेभ० एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ । डा प्रकाश न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले उक्त एल्बमको लोर्कापण गरेका हुन् ।कोरोनाको कारण सोसियल डिस्टेन्सिङ कायम राख्नका लागि लोकार्पण कार्यक्रम भर्चुअल माध्यमवाट लोर्कापण गरिएको हो । तरंगको लोकार्पण पश्चात डा। केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, बरिष्ठ संगीतकार आलोक श्री , संगीतकार अम्बर तंबापो सुब्बा , रीमा श्रेष्ठ र कुशल गुरुंगले गीति एल्बम राम्रो बनेको प्रतिक्रिया दिदै शुभकामना व्यक्त गरेका थिए । नेपाली गीत संगीत क्षेत्रमा उदाउंदै गरेकी गीतकार कमला न्यौपाने लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनी पेशाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउंछिन् । एल्बम लोर्कापणको अवसरमा बोल्दै उनले तरंग एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अबरोह, हांसो, रोधन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको वताइन् । चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरज्यूले एकल संगीत रहेको एल्बममा राम कृष्ण ढकाल ९मेरो झण्डा०, स्वरूप राज आचार्य ९धुवा धुवा०, मेलीना राई र अनुप रेग्मी ९होली रंग०, बानीका प्रधान ९सुनौलो बिहानी० कर्ण बीर ९रिमा रिमा०, अनुप रेग्मी र मिलन नेवार ९एक कदम० मा स्वर रहेको छ । हेर्नुहोस् भिडियो

सम्बन्धित खवर