पर्वतमा जन्मी साईप्रसमा रहनुभएकी शुस्मा पुनद्धारा जन्मदिनमा बिपन्नलाई ३० हजार आर्थिक सहयोग प्रदान
पर्बत, साउन ४ । पछिल्लो समय जन्मदिनमा खर्चिने रकम समाज सेवामा खर्चिनेको सख्या पर्वतमा कमि छैन् । फाल्तु पैसा खर्चिनु भन्दा दिन दुखिहरुलाई सहयोग गर्नु राम्रो काम भएको भन्दै जन्मदिनमा असहाय तथा बिपन्नहरुलाई आर्थिक सहयोग प्रदान हुदै आएको छ । यस्तै मनकारीको रुपमा पर्बत जिल्ला कुश्मा नगरपालिकामा जन्मिनु भै हाल साइप्रसमा रहनु भएकी एनआरएनए साइप्रसकि अध्यक्ष समेत रहनुभएकी शुस्मा पुनले जन्मदिनको अबसरमा मृगौला तथा दिर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।
रोजगारिको शिलशिलामा आफु कर्म भुमिमा उपस्थित हुन नसकेपनि उहाँले रेडियो कुशुमको ब्यवस्थापनमा पर्बतमा रहेका ५ जना विभिन्न रोगबाट ग्रसित पिडितहरुको लागि सहयोग प्रदान गर्नुभएको हो । प्रति ब्यक्तmी ६ हजारको दरले ३० हजार रकम कुश्मा नगरपालिकाका उप प्रमुख सीता काफ्ले लामिछानेको विशेष उपस्थितिमा रेडियोका अध्यक्ष ठाकुर बि पौडेल, समाजसेबि दुर्गा सुवेदी, गुप्तेस्वर बेद बेदाङ्गका अभिभाबक संघका अध्यक्ष कमलकान्त पौडेल लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा स्टुडियो बाट नै हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै लामिछानेले सहयोगी मनकी धनी शुस्मा पुनलाई धन्यवाद दिदै उहाँ बाट अरुले पनि पाठ सिक्न जरुरी रहेको बताउनुभयो । यस्तो समयमा सबैले थोरै भए पनि सहयोग गर्नु मानविय धर्म रहेको बताउदै उहाँले आफ्नो परिवारको पिडालाई पनि मनन गर्नुभएको थियो । विभिन्न रोगबाट ग्रसित बिरामिहरुलाई आत्मबल बलियो बनाउन र नियमित ब्यायममा बढि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रेडियोका अध्यक्ष ठाकुर वि पौडेलले पछिल्लो समय रेडियोले बिपत्तिमा परेका र दिनदुखि हरुको लागि सहयोग ब्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएको बताउँनुभयो ।आगामि दिनमा यी र यस्ता विभिन्न क्रियाकलापमा पनि जनताको सुखमा पनि दुखमा पनि रेडियो कुशुम हरपल सगै साथमा रहने जानकारी गराउँदै जन्मदिनको अवसरमा सहयोग गर्ने सहयोगी मनकी धनी शुस्मा पुनप्रति आभार प्रकट गर्नुभएको थियो ।
सहयोग रकम ग्रहण गर्नेमा कुश्मा दुर्लुङ निबासी अमृता शर्मा, फनपा खानिगाउ निबासी तुलसी लामिछाने ,पाङ निबासी दुर्गामान बिक ,कुश्मा निबासी गणेश श्रेष्ठ र कुश्मा निबासी देबि परियार गरि ५ जना रहनुभएको थियो । उहाँहरुको स्वयम उपस्थिति र उपस्थित हुन नसक्ने लाई परिवार र आफन्त मार्फत सहयोग हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम रेडियो कुशुमबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो भने कार्यक्रमको सञ्चालन रेडियो कुशुमका स्टेसन म्यानेजर कृष्ण अखेलिले गर्नुभएको थियो । यस अघि पुनकै आर्थिक सहयोगमा गुप्तेस्वर बेद बेदाङ्गमा रहेका बिभिन्न बिद्यार्थीहरुलाई खाजा खुबाईएको थियो ।