चर्चित गायक राजन कार्कीको मायाको हाई हाई बोलको गित सार्वजनिक (भिडियो सहित)


पर्बत, साउन ५ । नेपालि गीतसंगीतको क्षेत्रमा दिनप्रतिदिन नयाँनयाँ गीतसंगीत बजारमा आउने क्रम जारी छन् । पछिल्लो समय लोक सांगितक क्षेत्रका चर्चित गायक राजन कार्कीले पनि मायाको हाई हाई बोलको गित आफ्नै युटुव च्यानलबाट बजारमा सार्वजनिक गरेका छन् ।  जसमा रविन लामिछानेको शब्द सृजना तथा हरि विष्टको संगीत रहेको छ । गीतमा प्रतीक्षा वाग्ले र राजन कार्कीको स्वर रहेको छ । हरितालिका तिजको शुभकामना सहित कमल बिसी र प्रतीक्षा वाग्लेको स्वरमा तिज गित”लुती”आएको थियो । सो गीतले पनि उत्तिकै चर्चाको सिखरमा पुगेको थियो । अझै भन्ने हो भने युटुब ट्रेडिङ भित्र परेको छ । सो गीतको चर्चा सेलाउन नपाउदै प्रतीक्षा वाग्लेको स्वरको यो अर्को गित हो । यो गितमा कृष्ण भाज्नाले संगीत संयोजन गरेका हुन् भने म्युजिक भिडियो निर्देशन तथा सम्पादन क्रान्ति केसीले गरेका हुन् । म्युजिक भिडियोमा नायक दिलिप रायमाझी, कबिता नेपालि, प्रतीक्षा वाग्ले र राजन कार्की रहेका छन् । म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेको हुन् । हेर्नुहोस पुरा म्युजिक भिडियो

सम्बन्धित खवर