पुष्पलाल स्मृति दिवसमा राष्ट्रिय युवासंघ पर्बतद्धारा सरसफाई


पर्बत, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस पर्बतमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपाल कम्यूनिष्ट पार्टी पर्बतले मोदिबेनी बृद्धाश्रममा रहेका बिभिन्न बृद्धबृद्धाहरुलाई खाद्यन्न बितरण तथा राष्ट्रिय युवासंघ पर्बतको अगुवाईमा सरसफाईको कार्यक्रमको आयोजना गरि मनाईएको हो । युवासंघले कुश्माको बडागाउँदेखि मोदीबेणी धाम सम्म पुग्ने बाटोको सम्पुर्ण फोहोर सरसफाई गरेको राष्ट्रिय युवासंघ पर्बतका संयोजक थमनारायण पौडेलले बताउनुभयो । धामजाने बाटोका सिढिहरु सरसफाई गर्न झण्डै ४ घण्टा लागेको थियो । माथिदेखि तलसम्मको सबै फोहोरलाई एकै ठाउँमा संकलन गरी जलाईएको हो । स्मृति दिवसमा सभा गोष्ठी गरेर मात्र मनाउनुको कुनै अर्थ नभएको भन्दै रचनात्मक काम गर्दा उत्तम हुने भएकोले प्रसिद्ध धार्मिक क्षेत्र जानेबाटो सफाई गरिएको पौडेलले बताउनुभयो । सरसफाई अभियानमा राष्ट्रिय युवासंघ पर्बतका प्रतिनिधि तथा सर्वसाधारणको सहभागीता रहेको युवासंघका नेता अर्जन पौडेल निर्जनले जानकारी दिनुभयो ।

यसैबिच नेपाल कम्यूनिष्ट पार्टी पर्बतले मोदिबेनी बृद्धाश्रममा रहेका बिभिन्न बृद्धबृद्धाहरुलाई खाद्यन्न बितरण कार्यक्रम गरी संस्थापक महासचिव पुष्पलाललाई सम्झिएको थियो । खाद्यन्न बितरण कार्यक्रम पछि बोल्दै नेकपा केन्द्रीय सदस्य गुप्तबहादुर हमालले समृद्ध नेपालको परिकल्पना सहित पुष्पलालले अघि सारेको विचार तथा आदर्शलाई आत्मसात गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो । पुष्पलालको विचारलेनै मुलुकमा वहुदलिय व्यवस्था स्थापना हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उहाँका वाँकी सपना पुरा गर्न समाजवादको यात्रा तह गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा उपस्थित प्रदेश कमिटी सदस्य देबेन्द्र पाण्डे, मेघनाथ सुवेदी नेकपा पर्बतका पार्टि सचिब सुदिप कुवर, जिल्ला सचिवालय सदस्य शिव पौडेल, गोबिन्द पहाडी लगायतले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदान अतुलनिय रहेको चर्चा गरेका थिए । कार्यक्रममा कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरी, जलजला गाउँपालिकाका नेकपाका ईन्चार्ज दिपक आचार्य, तारा पराजुली शिबलाल सार्की लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर