जन्मदिनको अवसरमा मृगौला पिडित तथा अस्पतालको बिपद कोषमा आर्थिक सहयोग


पर्बत, साउन ११ । पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा रेडियो कुशुमका अध्यक्ष ठाकुर वि पौडेलले जन्म दिनको अवसरमा मृगौला पिडित तथा अस्पतालको बिपदकोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । ४६ औ बषन्त पार गरेको अवसरमा पौडेलले दुई जना मृगौला पिडित र अस्पतालको बिपद कोषमा गरी १६ हजार रुपैया एक कार्यक्रमका बिच हस्तान्त्रण गर्नुभएको हो । पर्वत अस्पतालले स्थापना गरेको बिपद कोषमा ६ हजार महाशिला गाउँपालिकाकी मृगौला पिडित सुनसरी सुनार लाई ५ हजार र कुश्मा बजारकै अर्का मृगौला पिडित गणेश श्रेष्ठलाई ५ हजार गरी १६ हजार रकम सहयोग गर्नुभएको हो ।

जन्मदिनमा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नु राम्रो भएको भन्दै पौडेलले सहयोग गरेको ताजा न्युज २४ लाई जानकारी दिनुभयो । उहाँले आफूले जन्मदिनको अवसरमा सामाजिक सहयोग गरिरहेको बताउँदै अहिलेपनि त्यसैलाई निरन्तरता दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले आफूलाई सधैं समाज सेवामा लगाएको छु, आज त्यसैको निरन्तरताको एक कदम हो, यसरी बिपन्नहरुको लागि मैले मात्र नभई सबैले सहयोग गर्नु अहिलेको आवश्यकता हो ।”

आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रमको अवसरमा बोल्दै पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदार नाथ शार्मालाई जन्मदिनको शुभकामना ब्यक्तm गर्नुभयो । आर्थिक अवस्था कमजोर भएका बिपन्न तथा दिन दुखिहरुलाई सहयोग गर्नु मानविय धर्म रहेको भन्दै सामाजीक क्षेत्रमा क्रियाशिल पौडेललाई अझै यस्तै खालका बिभिन्न कामहरु गर्ने प्रेरणा प्रदान हुने बिश्वास गर्नूभयो । जन्मदिनको अवसरमा शुभकामना दिदै जिल्ला अस्पताल पर्बतका ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले अस्पतालको स्वास्थ्य सेवा दिर्घकालिन रुपमा लैजानका लागि यस्ता परोपकारी मनहरुको आवश्यक अस्पताललाई रहेको बताउनुभयो । कार्यक्रम रेडियो कुशुमको कार्यकक्षमा सम्पन्न भएको थियो ।भने कार्यक्रमको सञ्चालन रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेलीले गर्नुभएको थियो ।

सम्बन्धित खवर