रोट्याक्ट क्लब पर्वतको दशौ पदस्थापना समारोह सम्पन्न

पर्वत, साउन ११ / रोट्याक्ट क्लव अफ पर्वतको दशौ पदस्थापना समारोह शनिवार कुश्मा पर्वतमा सम्पन्न भएको छ । सामाजिक सेवा र युवा नेतृत्व विकास योगदान गर्दै आएको क्लबको रोटा बर्ष २०२० ०२१ को नयाँ टिमको पदस्थापन सम्पन्न भएको हो । रोटा वर्ष २०१९र२० अध्यक्ष मिना खड्काले २०२० २१ का अध्यक्ष गणेश पौडेललाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । पदस्थापित नया पदस्थापित पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष मिना खड्का, आगामी अध्यक्ष शिव आचार्य, प्रसिडेण्ट नोमिनि अमृतप्रसाद पोखरेल, प्रथम उपाध्यक्ष खिममाया पाईजा, द्धितिय उपाध्यक्ष शान्ति सुवेदी, तृतिय प्रसिडेण्ट अर्जुन वहादुर के।सी। र चतुर्थ उपाध्यक्ष प्रकाश पौडेल हुनुहुन्छ । यसैगरी क्लव सेक्रेटरी अमृतप्रसाद रिजाल, ट्रेजर प्रमोद शर्मा, ज्वईन्ट सेक्रेटरी कुमार शर्मा, जोईन्ट ट्रेजर निशा शर्मा, क्लव सर्भिस डाईरेक्टर सुजन पौडेल, कम्युनीटि सर्भिस डाईरेक्टर झलक चापागाई, पिडिडी विष्णु थापा, आईएसडी समिक्षा पौडेल र सर्जेन्ट एट आम्स अर्जुन पुरीले सो समारोहमा पद तथा जिम्मेवारी ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईले लाखौ युवाहरु कुलतमा लागि रहेको सन्दर्भमा रोट्याक्ट लागेका युवाहरुले आफ्नो गास काटेर भोकाहरुलाई भेट भराउन सहयोग गरिरहेका छन भन्नुभयो । रोट्याक्ट क्लवले युवाको नेतृत्व क्षमता विकास र व्यवसायिक दक्षता अभिवृद्धीमा टेवा पुर्याउने हुँदा हामी यसलाई अवसरका रुपमा लिन आग्रह गर्नुभयो । कुस्मा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा वडा नं। ११ का वडा अध्यक्ष शिव पौडेल, रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष शिव शर्मा पौडेल, प्रेसिडेण्ट ईलेक्टउत्तम प्रसाद अधिकारी, कुनपा ५ का वडा अध्यक्ष चित्रकला भारती, रोट्याक्ट जोन फोरका जेडआरआर विश्वदर्शन पराजुली, रोट्याक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष अनिता सोति, ईनरह्वील क्लव अफ पर्वतका अध्यक्ष अनिता सापकोटा लगायतले सामाजिक सेवामा रोटरी, रोट्याक्ट तथा ईनरह्वील भुमिकाको वारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष खड्काले विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने रोट्याक्टरहरुलाई अवार्ड वितरण गर्नु भएको थियो ।कार्यक्रममा मृगौला पिडित कुनपा वडा नं। ३ निवासी सिता शर्मालाई ५ हजार ५ सय आर्थिक सहयोग गरिएको थियो भने नेष्डो समृ्द्ध समुहको तर्फवाट संस्थागत व्यवस्थापन तथा सर्भिस प्रोजेक्ट प्रयोजनका लागि क्लवलाई ५१ हजार रुपैया सहयोग गरिएको थियो । कार्यक्रम वर्ष २०१९र२० का अध्यक्ष मिना खड्काको शुभारम्म, वर्ष २०२०र२१ का अध्यक्ष गणेश पौडेलको समापन, प्रथम उपाध्यक्ष खिममाया पाईजा गिरीको स्वागत, प्रेसिडेण्ट ईलेक्ट शिव आचार्यको धन्यवाद एवम् सचिव अमृत प्रसाद रिजालको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर