वेलायतमा रहने मनकारी नेपालीले गरे मृगौला पिडित गणेश श्रेष्ठलाई १ लाख ८७ हजार बढी आर्थिक सहयोग


बिकास राज पौडेल । पर्वत साउन ११ । विगत केहि समयदेखि मृगौलामा समस्या आएका कुस्मा नगरपालिका मेलमिलाप चोकमा रहनु भएका मृगौला पिडित गणेश श्रेष्ठलाइ वेलायतमा वस्ने प्रवासी नेपालीहरुले १ लाख ८७ हजार पाँच सय रुपैँया आर्थिक सहयोग प्रदान गरेका छन ।पर्बत जिल्ला फलेवास नगरपालिका २ थापाठानामा जन्मिनु भै हाल रोजगारीको सिलसिलामा वेलायतमा रहनु भएका यज्ञ क्षेत्री,शर्मिला क्षेत्री,दुर्गा क्षेत्री ,भावना क्षेत्री लगाएतको पहलमा रोयल सुर्य कन्ट्रि हस्पिटलमा कार्यरत ७४जना स्टाफहरुले जम्मा गरेको सहयोग रकम १ लाख ८७ हजार पाँच सय रुपैँया फलेवास नगरपालिका नगरपालिका २ थापाठानाका अभियान्ता शुसिल क्षेत्री, रेडियोका पूर्व अध्यक्ष तथा पर्वत अस्पताल व्यवस्थापन समिती अध्यक्ष गोविन्द पहाडी, फलेवास नगरपालिका २ का वडा अध्यक्ष गंगा नारायण श्रेष्ठ,कृषि सामाग्री केन्द« लिमिटेडका प्रमुख नारायण प्रसाद शर्मा, जिल्ला समन्वय समिती सदस्य ज्ञान वहादुर भण्डारी र गणेश श्रेष्ठ वचाउ अभियानका रमेश श्रेष्ठ, रेडियो कुशुमका समाचार प्रमुख विकास राज पौडेल, रेडियोका स्टाफहरु कमला शर्मा,मिनु सापकोटा लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा रेडियोको स्टुडियो बाट नै हस्तान्तरण गरिएको हो ।

सो अवसरमा वोल्दै रेडियोका पूर्व अध्यक्ष तथा पर्वत अस्पताल व्यवस्थापन समिती अध्यक्ष गोविन्द पहाडीले रोजगारिको शिलशिलामा आफु कर्म भुमिमा उपस्थित हुन नसकेपनि मृगौला पिडित गणेश श्रेष्ठ लाई आफ्नो खाजा खर्च वचाएर सहयोग गरेकोमा धेरै धेरै धन्यवाद दिनु भयो । त्यस्तै पछिल्लो समय रेडियोले बिपत्तिमा परेका र दिनदुखि हरुको लागि सहयोग ब्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएको बताउँनुभयो ।आगामि दिनमा यी र यस्ता विभिन्न क्रियाकलापमा पनि जनताको सुखमा पनि दुखमा पनि रेडियो कुशुम हरपल सगै साथमा रहने जानकारी गराउनुभयो त्यस्तै अभियान्ता शुसिल क्षेत्रीले आफ्ना दाई भाउजु लगायत अन्य प्रवासी नेपालिले सहयोग गरेको रकम आफैले वुझाउन पाउदा खुसी लागेको भन्दै अवसरका लागि रेडियो कुशुमलाई धन्यवाद दिनुभयो ।

फलेवास नगरपालिका २ का वडा अध्यक्ष गंगा नारायण श्रेष्ठले पनि मृगौला पिडित गणेश श्रेष्ठलाइ शिग्र स्वास्थ्य लाभको कामना गर्दै आफुले पनि सक्दो सहयोग संकलन गर्ने आश्वासन दिनुभयो । सहयोग रकम मृगौला पिडित गणेश श्रेष्ठलाई रेडियोमा वोलाएर हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम रेडियो कुशुमबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो भने कार्यक्रमको सञ्चालन रेडियो कुशुमका स्टेसन म्यानेजर कृष्ण अखेलिले गर्नुभएको थियो ।।

सम्बन्धित खवर