रोट्रयाक्ट क्लब अफ पर्बतद्धारा स्थापना दिवसको अबसरमा बिपन्नलाई ६ हजार आर्थिक सहयोग


पर्बत, साउन १४ । रोट्रयाक्ट क्लब अफ पर्बतको १० औ स्थापना दिबस आन्द्राको अप्रेसन असफल भएकि सिस्मा परियार लाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरि सम्पन्न भएको छ । सन २०११ जुलाइ २८ तारिख को दिनमा स्थापित ४४ जना समाजसेवी युबाहरुको समुहलाई रोटरी क्लब अफ पर्बतको सौजन्यतामा रोट्रयाक्ट क्लब अब पर्बतको स्थापना भएको थियो । आफ्नो १० औँ स्थापना दिवसको अबसरमा कुश्मा नगरपालिका वडा न ४ निवासी गङा बहादुर परियारकी छोरी सस्मी परियारलाई आर्थिक सहयोग गरिएको हो ।
सस्मीको आन्द्राको अप्रेसन पोखराको मणिपाल अस्पतालमा गरिएको थियो तर अप्रेसन बिग्रिएकोले स्वास्थ्य अबस्था नाजुक रहेको र गङा परियार को आर्थिक अवस्था कमजोर भएकोले उपचार को लागि क्लबका सदस्यहरुले पैसा उठाएर सहयोग गरेको क्लबले जनाएको छ । सस्मिलाइ क्लबको तर्फबाट ४ हजार, पुर्ब अध्यक्षद्धय मिलन पौडेल र बिनोद आचार्य बाट १÷१ हजार गरी कुल ६ हजार रुपैयाँ सहयोग गरिएको क्लबका क्लब सर्बिस डाइरेक्टर सुजन पौडेलले जानकारी दिनुभयो ।

सस्थापक सदस्य रो खिम माया पाइजाले स्वागत गरेको कार्यक्रममा पुर्ब अध्यक्ष (२०१८÷१९)गणेश पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यस्तै रोटा बर्स २०१७÷१८ का अध्यक्ष मिलन पौडेलले स्थापना कालदेखी हालसम्म का अध्यक्ष ज्युहरुले गरेका महत्त्वपूर्ण कार्यक्रमको बारेमा सङ्छेपमा राख्दै नया तथा पुराना सद्स्यहरुलाइ आफ्नो कार्यकालमा भएको रास्टृय कार्यक्रम एक ःभभत को बारेमा समेत जानकारी गराउनुभएको थियो । समुदायमा कहिले हेल्थ क्याम्प, गरिब विद्यार्थी हरुलाइ पोसाक बितरण, स्टेशनरी बितरण कार्यक्रम, ब्लड डोनेसन, विद्यालयमा लाइब्रेरी स्थापना, खानेपानी, सार्बजानिक ठाउमा सोलार बत्ती स्थापना, विद्यालयमा अक्षयकोष स्थापना लगायतका काम क्लबबाट हुँदै आएका छन् ।

सम्बन्धित खवर