पर्वतको देउपुरमा मोटरसाइकल मोदीखोलामा खस्दा हिमाल हाइड्रोमा कार्यरत सव ओभरसियर सामान्यघाइते


पर्वत, साउन १६ । पर्वतको मोदी गाउँपालिका २ देउपुरमा शुक्रबार दिउँसो मोटरसाइकल मोदीखोलामा खस्दा मध्यमोदी जलबिद्युत आयोजनामा कार्यरत सव ओभरसियर घाइते भएका छन । ग १२ प ९६३४ नम्बरको मोटरसाइकलमा हिमाल हाइड्रोको पावर हाउस तर्फ जाँदै गर्दा मोटरसाइकल सहित मोदीखोलामा खस्दा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका २ घर भएका २७ बर्षिय लेखराज डाँगी घाइते भएका हुन ।
चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमबलब १ मेघावाट क्षमताको मध्यमोदी आयोजनाको हेडवक्र्सबाट पावरहाउस तर्फ जाँदै गर्दा दिउँसो १२ बजेको समयमा मोटरसाइकलमा ब्रेक फेल भएपछि कमेरेडाडाँ भन्ने ठाउँबाट डाँगी मोटरसाइकल सहित मोदीखोलामा खसेका थिए । चालक घाइते भएपनि मोटरसाइकल भने खोलाले बगाएको डिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रेशम बहादुर थापाले जानकारी दिनुभयो । थापाको कमाण्डमा घटनास्थल पुगी मोदी खोलाले बगाएको मोटर साईकलको खोजी कार्य गरेपनि फेला परेको छैन् भने घाईते चालकको अबस्था सामान्य रहेको छ ।

सम्बन्धित खवर