कुश्मा नगरपलिका ९ कटुवाचौपारीमा पिउने पानि ब्यवस्थित नहुदाँ स्थानियले दिए वडामा निवेदन


पर्वत, भदौ १ । गुणस्तरीय खानेपानिको लागि राम्रो व्यबस्थापन नभएको भन्दै आइतबार कटुवा चौपारीका युवाहरुले उपभोक्ताहरुको तर्फबाट वडा कार्यालयमा निबेदन दिएका छन् गुणस्तरीय खानेपानि संचालन गर्न आर्थिक वर्ष २०६४÷०६५ साल देखि संचालित कटुवा चौपारी खानेपानी योजना अवस्था देखि अहिले सम्म पनि निर्माण सम्पन्न नभएको भनि उपभोक्ताहरुले वार्ड कार्यालयमा निबेदन दिएका हुन् । सो खानेपानी योजनाको लागि ३ करोड खर्च भैसकेको जनाइएको छ । ‘योजना संचालन गर्ने समयमा सोलो सेण्ड ट्याङ्की निर्माण गर्ने जमिन उपभोक्ता मध्ये कै व्यक्तिहरु बाट उपलव्ध गराउने सहमति र कागजात बाट काम सुरु भएपनि हाल सम्म उक्त जमिन समितिको नाउमा भएको छैन’ निबेदनमा भनिएको छ ।

कटुवा चौपारी गुणस्तरीय खानेपानी समितिलाई सक्रिय बनाउन बिधान अनुसार पुन समिति गठन गर्ने व्यवस्था लागु गर्नका लागि, कटुवा चौपारी गुणस्तरीय खानेपानीमा हुने हरेक काम पार्दशि बनाउन र आवश्यक कार्वाही होस भनि निवेदन वार्ड कार्यालयमा दिएको उपभोक्ता उपेन्द्र अधिकारीले जानाकारी दिनुभयो । उहाँका अनुसार २० जनाको उपस्थितीमा निबेदन बुझाईएको हो । उहाँले जिल्ला खानेपानि ईकाई कार्यलय पर्वत, कुश्मा नगरपालिका र जिल्ला प्रशासन कार्यलय पर्वतमा समेत निबेदन दिएर ध्यानार्कषण गराईएको जानकारी दिनुभयो ।

कटुवा चौपारी गुणस्तरीय खानेपानि योजना निर्माण सम्पन्न नहुदै सम्पन्न भयो भनि उपभोक्ता समितिलाई हस्तान्तरण गराएका कारण अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको जनाइएको छ । सो खानेपानि आयोजना अलपत्र भएको हुदा उपभोक्ताले विभिन्न समस्या झेल्दै आइरहेका छन् । नियमित खानेपानी संचालन ,नयाँ मिटर जडान, मिटर रिडिङ, कर्मचारी व्यवस्थापन,आय व्यय सार्वजनिक नभएको भनि वार्ड कार्यालयमा यस भन्दा अगाडी पनि जानाकारी गराईरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

सम्बन्धित खवर