अक्सर छातापछि भिमले ल्याए ‘जाने बेला’मा, शिल्पाको अभिनयको चर्चा


काठमाडौं,भदौ ७ । अक्सर छाता बोलको गीतबाट गायनमा डेब्यू गरेका गायक भिम श्रेष्ठले आफ्नो दोस्रो भिडियो बजारमा ल्याएका छन् ।
पहिलो गीतमा अञ्जली अधिकारीलाई रोजेका गायक श्रेष्ठले आफ्नो दोस्रो गीत ‘जाने बेला’ नायिका शिल्पा पोखरेलसँग सहकार्य गरेका छन् ।
माया प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक श्रेष्ठलाई गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन् । राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा बेदनालाई नजिकबाट केलाइएको छ । भिडियोबाट छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको गायक श्रेष्ठले बताए ।

सम्बन्धित खवर