युवा जागरण अभियानको केन्द्रिय सदस्यमा पर्वतका राजिव लामिछाने


पर्वत,भदौ ७ । युवा जागरण अभियानको केन्द्रिय सदस्यमा पर्वतका राजिव लामिछाने चयन भएका छन् । संगठन विस्तार अभियानलाई अगाडि बढाउनको लागि शनिवार बसेको केन्द्रिय कार्य समितिको बैठकले लामिछानेलाई केन्द्रिय सदस्यमा चयन गरेको हो । नेपाली काँग्रेसका युवा नेता एंव् बौद्धिक व्यक्तित्व लामिछाने यस अघि पनि नेपाली काँग्रेसका थुप्रै संघसंगठनमा बसेर काम गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कुटुवाचौपारी निवासी लामिछाने युवापुस्ता माझ निकै लोकप्रिय छन् । संघीयताको मर्म अनुरुप संगठनलाई मजबुत बनाउन र युवालाई अभियान मार्फत सजग बनाउदै विकासमा लाग्न पेरित गर्ने उद्देश्यले अभियान अगाडी बढीरहेको छ ।

सम्बन्धित खवर