नेकपाका नेता स्व। सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न, सुवेदी नेकपाको खम्वा हुनुहुन्थ्यो ः मन्त्री लम्साल


पर्वत,भदौ ९ ।नेपाल कम्युनिष्ट पार्टी पर्वतका नेता स्वर्गिय बाबुराम सुवेदीको निधन भएको छैटौ दिनको पुण्य तिथिको अवसरमा पर्वतको कुश्मा नगरपालिका वडा नं। ११ पकुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा वडा कमिटिको आयोजनामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा बोल्दै नेकपा प्रदेश कमिटि सदस्य तथा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले एमालेका पुराना र सक्रिय नेता बाबुराम सुवेदीको निधनले सिंगो पार्टी र शैक्षिक क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभयो । बाबुराम सुवेदी जस्ता सक्रिय नेताहरुकै कारण आज नेकपा यो अवस्थामा आईपुगेको बताउँदै मन्त्री लम्सालले उहाँले सिकाएका राजनीतिक पाठ, त्याग र उहाँका सपनाहरु पुरा गर्न आम कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले यो शोकलाई शक्तिमा बदलेर दैनिक काममा लाग्न परिवारजनलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वर्गिय बाबुराम सुवेदीका समकक्षी कालीदास शर्मा, जेष्ठ कम्युनिष्ट मञ्चका पूर्व केन्द्रीय सदस्य तोयानाथ चालिसे, लगायतले उहाँको राजनैतिक योगदानको चर्चा परिचर्चा गर्नुभएको थियो । नेकपा वडा कमिटिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा अध्यक्ष शिवप्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, जनप्रतिनिधि, नेकपाका कार्यकर्ता तथा अन्य शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर