समृद्धिको “स” होईन सास्तीको “स ”

पर्वत,भदौ १०। सदन, सडक र शक्ति–केन्द्रहरु सबैतिर एउटा ‘स’को मात्र चर्चा हुन्छ, समृद्धिको ‘स’। तर, कहि कतै अर्को ‘स’ पनि छ भन्ने थाहा लाग्छ, सास्तीको ‘स’। सास्तीको ‘स’ बुझन धेरै टाढा जानू पर्दैन पर्वतको, कुश्मा नगरपालिका अन्तर्गत ज्ञादीमा रहेको एक उदारणिय सडकबाट सुरु गर्छु। यो सडक हिडने ब्यक्ति पनि एक किसिमका सैनिक नै हुन जस्ले सास्तीको ‘स’ बोकेका छन। यिनै साँघुरा अनि भत्किएका सडक पार गर्दै गन्तव्य सम्म पुग्नु भनेको ठुलो सँघर्ष हो।
आज म विशेष गरि हाम्रै गाउँ ज्ञादी,पर्वतको ९साईकलचोक (चुचुनदेउराली ० लथालिङ्ग भत्काइएको सडक अनि लम्पसार परेर मर्मत सम्भार कुरिरहेको यही सडक अनि गल्लिको बारेमा चर्चा गर्न गइरहेको छु । मैले केही वर्णन गरिरहन पर्दैन यस्को अवस्था बुझन एक चोटि आउनुहोस हातेमालो गरी हिडोै। म झोलामा खादा हालेर तपाईको सफल आरोहण भएमा म खादा लगाई जो कोहिलाई मेरो हैसियत अनुसारको सम्मान गर्छु। यो बाटो निर्माण गर्न चरम ढिला सुस्ती भएकै हो तर लामो समयसम्म निरन्तर सम्नवय गर्दा पनि सम्बन्धित अधिकारी ताईको फुरोैला झै भएका छन। मुख्य बिन्दुबाट सुरु नगरी यस बाटो बारम्बार मल्याङ्गदी खोला पारीको खेति योग्य जमिन खनी राख्दा न खेतले पानी पाएको छ न जग्गा नै सुरक्षित छ। खेतमा लाउने पानीका स्रोत, पाईप, डल आदि हिड्नै नसक्ने सुत्केरी झै भएका छन र खेत सुक्दै गर्दा यो वर्षको उत्पादनमा कम आउने प्रष्ट देखिएको छ। यसो गर्दै गर्दा कृषिबाट जीविकोपार्जन गर्ने म जस्ता अन्य कृषकको मुखमा शिवाय निराशाको भोल्टे ताल्चा भन्दा अरु केही पाईएन। तर पछिल्लो समयमा यस बाटोको मर्मतको जिम्मा लिनुभएका सम्बन्धित जो कोहि अधिकारीले विगतका ठेकेदार जस्तो पक्कै घात गर्नु हुन्न। हामी बिस्वसत छोै किनकी यो ठाउँ तपाईं(हाम्रो जन्म ठाउँ र हरेक पाखा पखेरा अनि जमिनले तपाईं ( हामीलाई पकै चिनेको होला। ब्रजपात त यहाँ भन्दा अघिला दिन, वर्षमा सास्तीको ूसू मा क्योै पटक अनुभव भयो आशा छ अहिले यस्तो नहोला। अहिलेको बर्तमान सन्दर्भमा बाटो राम्रो छ भनु भनेको मेरी आमा राम्री छिन भनेर बजारमा विज्ञापन गर्नु जस्तै हो।
बुझिलिनुहोस१ यो केवल एउटा अस्पष्ट अतीतको ‘ नोस्टाल्जिया’मात्रै होइन, सामुन्नेकै संकटबारे बजाउन खोजिएको घन्टी हो । मलाई अचाक्ली लाग्छ यस्तो बिघ्न लापर्वाही देखेर र म आफैमा सोधने गर्छु यो कसको कमजोरी रु के नेतै फटाहा , के कर्मचारी फटाहा कि ठेकेदार नै फटाहा रु एक जना मात्रै फटाहा भए त अर्कोले खबर दारी गर्नु पर्ने । खै याहा कसले कसलाई खबर दारी गरेको छ र रुएकले अर्कोलाई खबर्दारी गर्ने भए हजारौं पटकसम्म किन यो बाटोले अभिभावक पाएनरु
फेरि हामी नेपालीलाई अर्को उपाधी पाएका छोै हामी सिङ्गापुर सग दोहोरी खेलन बल्ल सफल भयोै किरु नेपालका सडक एसियाकै सबैभन्दा खराब र सिङ्गापुर उत्कृष्ट रहेको रिपोर्ट “ध्यचमि भ्अयलयmष्अ ँयचगm” ९ध्भ्ँ०ले सार्वजनिक गरेको छ।जथाभावि सडक खनेर विकास हुन्न, भएका सडकहरुरु व्यवस्थित गर्नु पर्छ। ध्भ्ँ द्दण्द्दण्ले यस्तै बाटाहरुको अध्ययन गरेर पो यस्तो प्रतिफलको भागेदारी हुन पुग्योै। चुनाब जित्न टेन्डर पार्ने यस्ता क्योै बाटाहरु राजनितिको दुनो गाई भएको छ। राजनितीको नेतामहिमलाई मीठो रस र हामी जनतालाई भुस।
म काहाबाट सुरु गरौं यो लथालिङ्गको मेक्प। म खेतबाट धानको भारि बोकेर यहि बाटो आउदा म काल्लामा र भारी खोल्सामा हुने गर्छ प्राय१ जताततै खाल्टै खाल्टो अनि सय मिटरको अन्तरमा हजारौं पोखरीको कुण्ड देख्दा यस्तो लाग्छ टोले गुण्डाहरुले दादा गिरी देखाउनलाई बाटाहरु भत्काए होलान् ।तर यो अवश्य हैन यो बाटा त सरकारी योजनाबाट ठेकेदारले नै भत्काएका हुन । तर प्रश्न यो छ कि कस्ता ठेकेदार हुन यी रु जसले कुनै बिना प्रवाह जथा भावी बाटा भत्काएका छन् भदौको भेलले पहाडको मलिलो माटो बगाएर अन्त कतै लगे झैँ । अनि कस्ता ती प्रसासक जसले ठेका दिए, लाग्छ अकारण गर्दा पनि आखामा पट्टी बाधेर मुखमा पानी हालेर बसिरहने । कृपया बिन्ती छ आफ्नो लागी नभए पनि सन्ततिको लागी इमान्दार भएर देश निर्माण गरौँ आफ्नो आफ्नो ठाउबाट ।
हुन त बहानाहरु थुप्रै छन् बाटा भत्किनु अनि भत्काउनमा यसमा कुनै दुइमत छैन कि, विकास निर्माण कार्य गर्दा जनता लाई केही असुबिधा पर्छ नै । तर मेरो मान्यता यो हो कि सकेसम्म असुबिधालाई न्युनिकरण गरेर कुनै पनि कार्य गर्नु पर्दछ । पहिले योजना बनाएर कार्य थालिनु पर्दछ । बिना योजना कार्य थाल्नु भनेको पौडी खेल्न नजान्ने मान्छे कोसीमा हामफाल्नु झैँ हो । अहिले यस्तो लाग्छ कि यो साईकलचोक देखि शंकरपोखरीको चुचुनदेउराली सम्म यो बाटाको स्थिति यस्तो भएको छ कि जसलाई यसरि नै लाने हो ठेकेदार पोसाउने अनि नेता, कर्मचारीले कमिसन पाउने बाहेक अन्य कुरामा झिनो आसा मात्रै राख्न सकिन्छ ।
प्रत्यक काम चरणबद्द हुनुपर्छ अनि मात्र सही समयमा सही साधनले काम सम्पन्न हुन सक्छ, हैन भने राज्यको ढिकुटिको दुहन अनि जनताको करको बिनास मात्र हुन्छ । अहिलेको बाटोको मुहारले यो भन्छ कि हाम्रो देशको यातायात समबन्धी सबै निकाय अपरिपक्व अनुत्तरदाही मात्र नभई लाज घिनै पचाइ सकेको लबस्तरो बनेको देखिन्छ । अहिले जति बाटाहरु भत्काइसकिएको छ त्यसलाई चराणबद्द तवरले चाडोभन्दा चाडो अविलम्ब निर्माण गरियोस र त्यो निर्माण कार्य नभएसम्म अरू थप सडक भत्काएर थप पिडा दुख नेपाली जनतामा नथुपारियोस । तसर्थ कुनै अकल्पनिय घटना हुनु भन्दा अगावै सम्बन्धित निकायले इमान्दार उत्तरदाही अनि आफ्नो कर्तब्यप्रती बफादार भएर सूक्ष्म अध्यायन गरेर बाटोको सही व्यवस्थापन गह्रोस । लेखक अच्युच पराजुली 

सम्बन्धित खवर