कोरना कहरको बिचमा पनि बिभिन्न उपकरण जडानसंगै सेवा बिस्तारमा पर्वत अस्पताल


पर्वत,भदौ १८ । कोरना भाईरसको कारण नेपाल अहिले अस्तब्यस्त रहेको छ । बिश्वभरी फैलिएको कोरना भाईरस कोभिड १९ को संक्रमण नेपालमा पनि दिनहँु बढ्दो अबस्थामा रहेको छ । कोरना कहरको समयमा पनि जिल्ला अस्पताल पर्वतले बिभिन्न उपकरणहरु थप गरी अस्पतालको सेवा बिस्तारमा जोड दिएको छ । कोरना भाईरस कोभिड १९ शुरु भएसंगै जिल्ला अस्पतालमा बिभिन्न उपकरण थप भएको अस्पतालले जानकारी गराएको छ । महामारीको समयको बिचमा जिल्ला अस्पताल पर्वतमा आईसियु र भेन्टिलेटर जडान कार्यको शुरुवात भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो । ३ वटा भेन्टिलेटर र ५ बेड आईसि जडान गरि सेवा दिने तयारीमा जिल्ला अस्पताल जुटेको उहाँले बताउनुभयो । अहिले सम्म १ सय ८ संक्रमित देखिएको पर्वतमा छुट्टै अस्थायी कोरना अस्पतालको स्थापना गरी संक्रमितको उपचारमा समेत अस्पताल जुटेको पहाडीले बताउनुभयो ।

१५ शैयाको जिल्ला अस्पताल पर्वतले कोरना भाईरस कोभिड १९ को कहरका बिच पनि अत्याधुनिक थप उपकरण जडान गरी बिरामीको सेवामा लागेको हो । अस्पतालले अक्सीजन प्लान्ट जडान देखि बिद्युतिय मेडिकल अभिलेख प्रणाली सम्मका उपकरण जडान गरेको हो ।
पहाडीका अनुसार अस्पतालमा शब चिसो बनाउने मर्चरी च्याम्बर मेसिन पनि जडान भएको छ । जसले जिल्ला अस्पतालमा आउने पहिचान नभएका शब धेरै समय राख्दा गनाउने तथा शब सड्ने सम्भावनाको निराकरण गराउने छ । बिधुत कटौती हुदाँ अस्पतालबाट प्रदान हुने अत्याबश्यक सेवा एक्सरे, भिडियो एक्सरे जस्ता बिभिन्न सेवा ठप्प हुने हैरानी खेप्दै आएको अस्पतालले यसबाट समेत मुक्तmी पाएको छ । लाईन जादाँ समेत नियमित सेवा दिने उदेश्यका साथ अत्याधुनिक ठुलो जेनेरेटरको प्रयोग पनि अस्पतालले शुरु गरेको हो ।

अस्पतालमा थप उपकरण जडान गरेसंगै प्रदान हुने नियमित सेवामा अस्पताल लागिरहेको जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो । पर्वतमा समुदायस्तरमा संक्रमण नदेखिएपनि थप सर्तकता साथ अगाडि बढेको देबकोटाले जानकारी दिनुभयो । सबैभन्दा बढी प्रकारको परिक्षण गर्ने तयारीमा पनि पर्वत अस्पाताल जुटिरहेको छ । केहि समय पहिले दातँको सेवा बिस्तार संगै अस्पतालजन्य फोहोर ब्यवस्थापनको लागि अटोक्लेभ मेसिन जडान समेत भएको छ ।

सम्बन्धित खवर