पर्वत जिल्लामा २ हजार ३ सय ७४ जनाले गरे कोरना बिमा


पर्वत, भदौ २२ । पर्वत जिल्लामा कोरोना बीमा गर्नेहरूको संख्यामा वृद्धि हुँदै जान थालेको छ । बीमा समितिले कोरोना बीमाको मापदण्ड बनाइदिएपछि सटडाउन र निषेधाज्ञामा कोरोना बीमा गर्नेको सख्या वृद्धि भएको हो । जिल्लामा रहेका ५ वटा निर्जिवन बिमा कम्पनीले हाल सम्म २ हजार ३ सय ७४ जनाले कोरना बिमा गरेको जनाएका छन् । कोरोना बीमाबाट मात्रै करिब १४ लाख भन्दा बढीको हाराहारीमा प्रिमियम उठिसकेको जनाएका हुन् । जिल्लामा रहेका शिखर ईन्सुरेन्स कम्पनी लिमिटेड, अजोड ईन्सुरेन्स कम्पनी लिमिटेड, सिदार्थ ईन्सुरेन्स कम्पनी लिमिटेड, एनएलजि ईन्शुरेन्स कम्पनी लिमिटेड र प्रभु ईन्शुरेन्स कम्पनी लिमिटेडले कोरना बिमा गराएका हुन् ।  जस अन्र्तगत अजोड ईन्सुरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी १ हजार ५४ जनाको कोरना बिमा गरेको र ६ लाख ३२ हजार २ सय प्रिमियम उठेको जानकारी गराएको छ । त्यस्तै ४ सय ४७ जनाको कोरना बिमा र २ लाख ६७ हजार भन्दा बढी प्रिमियम शिखर ईन्सुरेन्स कम्पनी लिमिटेडले उठाएको छ । यस कम्पनीले १ लाख रुपैयाँको बीमा गर्नेमध्ये २ जनाको बीमा भुक्तानी समेत दिईसकेको कम्पनी शाखा प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।  सिदार्थ ईन्सुरेन्स कम्पनी लिमिटेडले पनि ५ सय १२ जना को बिमा गर्दा ३ लाख ७२ हजार प्रिमियम उठाएको छ । एनएलजि ईन्सुरेन्स कम्पनी लिमिटेडले ३ सय ६१ जनाको कोरना बिमा गरेको छ भने जसबाट २ लाख १६ हजार ६ सय प्रिमियम उठेको छ । प्रभु ईन्सुरेन्स कम्पनी लिमिटेडले भने अहिले सम्म कसैको बिमा नगराएको बताएको छ ।

कोरोना बीमा गर्न एक व्यक्तिको मात्रै एक लाख रुपैयाँको बीमा गर्ने हो भने एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । परिवार वा समूहको गर्ने हो भने ६ सय रुपैयाँ लाग्ने प्रावधान छ । एक व्यक्तिको ५० हजारको बीमा गर्दा ५ सय र समूहको गर्दा ३ सय रुपैयाँ लाग्ने व्यवस्था पनि छ । परिवारको नै कोरोना बीमा गर्ने हो भने प्रतिव्यक्ति ३०० वा ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्थानीय तहअन्तर्गत वडा कार्यालयको सिफारिस लिन सकेको खण्डमा सरकारले आधा रकम प्रिमियम खर्च बेहोरिदिन्छ । परिवारका लागि वडा कार्यालयले १ महिनादेखि सोही स्थानमा बसोबास गरिरहेको भनेर सिफारिस दिएपछि एक लाखको बीमा गर्न ३ सय रुपैयाँ प्रतिव्यक्ति मात्र तिर्दा हुन्छ । बीमा गर्न नेपाली नागरिक हुनुपर्ने र विदेशबाट फर्केको हो भने एक महिना नाघेको हुनुपर्ने प्रावधान राखिएको छ । बीमालेख खरिद गरेको १५ दिनपछि पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिन्छ । भुक्तानी प्राप्त गर्नका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिनभित्र बिमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्नेछ ।

सम्बन्धित खवर