पर्वतका सातै स्थानिय तहको कोरोना रोकथाममा ४ करोड २२ लाख ४३ हजार खर्च
पर्वत भदौ, २७ । जिल्लामा रहेका सातवटा स्थानिय तहहरुले कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा हालसम्म ४ करोड २२ लाख ४३ हजार ४७ रुपैयाँ खर्च गरेको बिवरण सार्वजनिक गरेका छन् । गत चैत ११ गतेपछि हालसम्म जिल्लामा रहेका दुई नगरपालिका र पाचँ गाउँपालिकाले गरी ४ करोड २२ लाख ४३ हजार ४७ रुपैयाँ रकम खर्च गरेका हुन । जसमध्ये सबैभन्दा धेरै पर्वतको कुश्मा नगरपालिकाले १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैया खर्च गरेको छ । उक्त रकम मध्येवाट नगरपालिकाले वडागत रुपमा राहत वितरण, पुलिङ क्वारेन्टिनको खर्च, पिपिई, औषधीजन्य सामाग्री, मास्क र सेनिटाईजर, कोभिड नियन्त्रण सामाग्री र जनचेतना तथा कोरोना अस्पताल व्यवस्थापन लगायतका शिर्षकमा खर्च गरीएको प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिनुभयो ।
कोरोना भाईरसको संक्रमणपछि कोराना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको २ करोड ६३ लाख ५ हजार रुपैया मध्ये १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैया खर्च भएको र अब कोषमा १करोड ४४ लाख ९ हजार रुपैया मौज्दात रहेको छ । नगरपालिकाले तीन हजार भन्दा बढि परिवारलाई राहत वितरण गरेको थियो । सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहभन्दा झण्डै दोब्बर रकम कोरोना व्यवस्थापनमा खर्चिएको हो । फलेबास नगरपालिकाले ९९ लाख ६७ हजार ६ सय राहात कोषमा जम्मा गरेकोमा ६३ लाख ६७ हजार २ सय रुपैया मात्र कोरना रोकथममा खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत मुक्तmीराम रिजालले जानकारी दिनुभयो ।
उता पर्वतको जलजला गाउपालिकाले ६१ लाख २९ हजार ३३४ रुपैयाँ खर्च गरेको छ । सबैभन्दा बढी विपन्न बर्ग राहत वितरणका लागि खाद्यान्न खरिद गर्न २३ लाख ३० हजार २११ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा ५७ लाख २४ हजार २२२ रुपैयाँ जम्मा भएको थियो । यसका अतिरिक्त गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा हिमाली बालकल्याण संस्था मञ्च ललितपुर मार्फत २९मूल्य बराबरको खाद्यान्न पालिकाको बिभिन्न वडामा वितरण भएको छ ।
त्यस्तै मोदी गाउापालिकाले हालसम्म साढे ३९ लाख बढि खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीका अनसुार राहत सामाग्री, क्वारेन्टिन निर्माण, सवारी भाडा, अस्थायी कोरोना अस्पतालमा साझेदारी, प्रचार प्रसार लगायतमा ३९ लाख ६४ हजार ३ सय ७६ रुपैया खर्च भएको हो । कोरोना भाईरसको संक्रमण पछि मोदीले स्थापना गरेको कोरोना राहत कोषमा ४२ लाख ३३ हजार ५ सय रुपैया जम्मा भएको थियो । जसमा गाउँपालिकाले १२ लाख जम्मा गरेको थियो । ८५ लाख २३ हजार ८ सय रुपैयाँ राहात कोषमा जम्मा गरेको बिहादी गाउँपालिकाले कोरना भाईरस रोकथाम तथा नियन्त्रणमा ४६ लाख ९७ हजार १ सय रुपैयाँ खर्च गरेको गाउँपालिका प्रमुख कमल भुषालले जानकारी दिनुभयो । भुषालका अनुसार अब राहात कोषमा ३८ लाख २६ हजार ६ सय रुपैयाँ बाकि रहेको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पैयु गाउँपालिकाले भने ६५ लाख ७२ हजार ३ सय रुपैया खर्च गरेको छ । गाउँपालिकाले राहात कोषमा ८० लाख ७५ हजार ३ सय रुपैयाँ जम्मा गरेको प्रशासकिय अधिकृत जित बहादुर रानाले जानकारी दिनुभयो ।उहाँका अनुसार राहात कोषमा अब १५ लाख २९ हजार रुपैयाँ मौजाद रहेको छ । त्यस्तै महाशिला गाउँपालिकाले राहात कोषमा जम्मा भएको ३६ लाख ४८ हजार ४ सय मध्ये २६ लाख १७ हजार कोरना रोकथाम कोषमा खर्च गरेको महाशिला गाउँपालिकाका प्रबक्तmा तथा वडा अध्यक्ष जिवन उचै ठकुरीले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाको अगुवाईमा अस्थायी कोरोना अस्पताल निर्माण गरेर जिल्लाभरीका संक्रमितहरुलाई उपचार गर्ने व्यवस्था मिलाईएको छ भने सातै पालिकाको साझेदारी समेत रहेको छ ।