कोरोना कहरकाबिच अनलाइनबाट नै अनलाइन ट्यालेन्ट शो गर्दै हिमालयन म्यूजिक एकेडेमी


काठमाडौँ, असोज १ । नेपाली कला संस्कृति र साहित्यको उत्थानका लागि भन्दै हिमालयन म्यूजिक एकेडेमीले अनलाइन टयालेन्ट शोको आयोजना गर्दैछ । कोरोना कहरकाबिच एकेडेमिले अनलाइन मार्फत गर्ने प्रतियोगीतामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा प्रतिस्पर्धा गराइने एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेर बताउँछन् । प्रतियोगीतमा सहभागीता जनाउन १८ सेप्टेम्बर भित्र रजिष्ट्रेसन गरिसक्नुपर्ने र प्रतियोगीतामा सहभागीता जनाउने प्रतिस्पर्धीहरुले भिडियो वा अडियो सामाग्री २ देखि ५ मिनेटसम्मको बनाउनुपर्नेछ । जसमा प्रथम हुनेले २५ सय डलर, तथा द्धितिय र तृतियले क्रमश १५ सय र १ हजार डलर पाउनेछन् । प्रतियोगीताको जजका रुपमा लोकप्रिय नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकाश थुलुगं र गोपी दाहाल रहेका छन् । प्रतियोगीताको फाइनल नोभेम्भर २१ तारिखमान हुनेछ ।

सम्बन्धित खवर