संविधान दिवसको अवसरमा पर्वत कारागारका दुई जना कैदी रिहा


पर्वत, असोज ३ । ५० प्रतिशत बढि कैद भुक्तान गरेका पर्वत कारागारका दुई जना कैदी संविधान दिवसको अबसरमा रिहा भएका छन् । रिहा हुने दुबै जना परुष रहेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका उनीहरुलाई रिहा गरिएको पर्वत कारागारका जेलर पर्शुराम पौडेलले जानकारी दिनुभयो । कर्तव्य ज्यान र गौबधको मुद्दामा कैद भएका दुबै जना पुरुषले माफी पाएका हुन । ‘५० प्रतिशत बढि कैद भुक्तान गरेको, मुद्दा टुगिंएको र नकारात्मक सूचिमा नपरेकाले उनीहरुले सजाय माफी पाएका हुन्,’ निमित्त जेलर पौडेलले भन्नुभयो। रिहा हुनेमा कुश्मा नगरपालिका वडा नम्वर ९ का कर्तव्य ज्यानको मुद्दामा जेल चलान भएका अर्जुन दास बैरागि र गौबध मुद्दाका महाशिला गाउपालिका वडा नम्वर २ का बिजय कुमार नेपाली रहनुभएको छ । उहाँहरु दुबैले ५० प्रतिशत बढि कैद भुक्तान गरि रिहा भएको पौडेलले बताउनुभयो । ५० प्रतिशत कैद भुक्तान गरेकाहरुलाई कारागारमा उनीहरुले गरेको व्यवहारको आधारमा बाँकी कैद मिनाहाका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्न सकिने संवैधानिक व्यवस्था छ । संविधानको धारा २ सय ७६ अनुसार राष्ट्रपतिले सरकारमार्फत कैद मिनाहा दिन सक्ने प्रावधान छ। सरकारको निर्णयअनुसार पर्वत कारागारबाट माफी पाएका दुबै जना आज छुटिसकेको जेलर पौडेलले जानकारी दिनुभयो। कारागारमा ९३ जना कैदि रहेकोमा दुई जना मुक्त भएसगै अब ९१ जना मात्र रहेका छन् ।

सम्बन्धित खवर