लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सबैले हातेमालो गरौ ःअध्यक्ष लामिछाने


पर्वत, असोज ६ । मोदी गाउँपालिकाका प्रबक्तmा तथा वडा नम्बर ६ तिलाहारका अध्यक्ष बिमल लामिछानेले समाजमा जटिल बन्दै गएको लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सबैले हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । मोदी गाउँपालिका प्रहरी चौकी देउपुर पर्वतको आयोजनामा लागु औषध दुर्व्यसनी सम्बन्धी अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन । मुलुक समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको वेला लागु औषध त्यसको बाधक बन्ने भएकाले गाउँपालिकाले गर्ने काममा अझै सुधार गर्नको लागि सबै पक्षबाट सुझाव आउन आवश्यक रहेको उनले बताए । सभ्य समाज निर्माणका लागि सकारात्मक सोचका साथ सचेतनाका लागि सम्पुर्ण निकाय जिम्मेवार र जवाफदेही बन्नु अहिलेको आबश्यकता रहेको उनले बताए ।

लागुऔषधका दुर्व्यसनीका कारण समाजमा अपराध बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि विद्यालय तहदेखि सहयोग नभए यसले विकराल अवस्था सिर्जना गर्ने भन्दै सबैलाई एकसाथ जुट्न आग्रह गरे । मोदी गाउँपालिका वडा नं. ६ डिमुवा टोल सुधार समितिको अध्यक्ष दिपेन्द्र जंग लामिछाने को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लागु औषधमुक्त समाजको निर्माण गरौं, लागु औषध खान खुवाउन र वेचविखन गर्न पाइदैन, लागु औषध विश्वव्यापी समस्या हो, लागु औषध विरुद्ध एकजुट होऔं, लागु औषध दुर्व्यसनवाट बचौं, युवाहरु सचेत रहौं जस्ता विषयहरुलाई जोड दिदै छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रहरी चौकी देउपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक होमनाथ अधिकारी स्थानीय ज्येष्ठ नागरीक, वुद्धिजीवी, समाजसेवी, युवा लगायत अन्य सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर