मोदी ६ तिलाहारमा कोरना सम्वन्धी प्रशिक्षण


पर्वत, असोज १९ ।प्रहरी चौकि देउपुर डिमुबाको आयोजनामा मोदी गाउँपालिका ६ तिलाहार स्थित कोरना भाईरस सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरीएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सोमबार तिलाहार स्थित हुलाकी चौतारामा सामाजिक सचेतनामूलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा कोभिड नो भिड, तपाईको मास्क खै, चाडपर्व आफ्नै घरमा बसी मनाउँ, मास्क लगाउँ कोरना भगाऔ, सामाजिक दूरी कायम गरौ, बिदेशबाट आएकाहरुले क्वारेन्टिन प्रयोग गरौ, स्यानीटाइजर प्रयोग गरौ तथा साबुन पानीले हात धुने जस्ता विविध सचेतनामूलक नारा लेखिएका ब्यानर तथा प्लाकार्ड बोकेर कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पूर्व(सावधानीका सन्देश दिइएको थियो ।

कार्यक्रम तिलाहार टोल बिकास संस्थाका अध्यक्ष याम बहादुर केसिको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समबन्य समिति पर्वतका सदस्य नन्दलाल सुबेदीले विश्वभर फैलिँदै गएको कोरना भाइरसका बारे जानकारी गराउने उद्धेश्यले सञ्चालन गरिएको यो कार्यक्रम प्रभाबकारी भएको बताउनुभयो । कार्यक्रममा मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारका अध्यक्ष बिमल लामिछाने, तिलाहार रेडक्रस सोसाईटिका सभापति दिपेन्द्र जंग लामिछाने, बिभिन्न आमा समुह र कक्बका पदाधिकारीहर लगायतको उपस्थिती रहेको थियो । प्रहरीले स्थानीय बीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

डिमुबा चौकिका ईन्जार्ज होमनाथ शर्माले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराउनुभयो ।

सम्बन्धित खवर