पर्वतमा दशैँ नजिकिदै गर्दा बजार अनुगमन


पर्वत, असोज २१ । जिल्ला प्रशासन कार्यालय पर्वतले दशैँ नजिकीदै गर्दा बजार अनुगमन लाई तिब्रता दिएको छ । बुधबार जिल्ला सरदुकाम कुश्मा बजारमा कुश्मा नगरपालिका, उद्योग बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल प्रहरी, पत्रकार र कर्मचारीको संयुक्र टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा केहि पसलले मुल्य सूची नराखेको, खाद्य र अखाद्य बस्तु छुट्टै नराखेको, पसल दर्ता नगरेको, गोदाम सफा नभएको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताउनु भयो ।
बजारका केहि पसलमा रहेका खाद्यय पदार्थ र पेय पदार्थको उपभोग्य अवधि समाप्त भएको पाइएकाले जिल्ला प्रशासन कार्यालयले उक्त बस्तु नियन्त्रणमा लिएको छ । कानूनी दायरामा नआएका तथा दर्ता नभएका पसलहरु सम्बन्धित निकायमा दर्ता गरी सूचिकृत हुन उद्योग बाणिज्य संघ पर्वतका कार्यसमिति सदस्य कमल जिसिले अनुरोध गर्नु भयो । गाउँ गाउँमा रहेका पसलहरुको पनि अनुगमन गरिनु पर्ने स्थानीय नागरिकहरुले आवाज उठाउदै आएका छन् । चाडवाडका बेला अखाद्य बस्तुको प्रयोगले हुन सक्ने सम्भावित जोखिम कम गर्न प्रशासनले अनुगमन कार्यलाइ तिब्रता दिन थालेको हो ।

सम्बन्धित खवर