बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


पर्वत, असोज २२ । बैंकिङ कसुरका फरार प्रतिवादी १ बर्ष पछि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षिय ढुण्डीराज रिमाललाई बिहिबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित औद्योगिक क्षेत्रबाट लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  बैंकीङ कसूरमा मुद्दा दर्ता भई मिति २०७६ वैशाख ८ गते उच्च अदालत तुल्सीपुर वुटवलको फैसलाले ७ लाख ७४ हजार ३९८ रुपैया जरिवाना र ६ महिना कैद सजाय सुनाईएकोमा उनि हालसम्म फरार रहेका थिए । अदालतको फैसला पछि कैद भुक्तान नगरी हाल सम्म फरार सुचीमा रहेकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्वतले पछिल्लो समय फरार अपराधिलाई पक्राउ गर्ने अभियानै थालेको छ ।

सम्बन्धित खवर