चाडबाडमा उच्च सुरक्षा सर्तकता अपनाईको छ( प्रजिअ रेग्मी

पर्वत, असोज २२ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दशैं तिहार जस्ता चाडबाड नजिए संगै पर्वतमा उच्च सुरक्षा सर्तकता अपनाईको बताउनुभएको छ । प्रहरीको समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बैंक तथा वित्तिय संस्थाहरु सँग बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै चाडबाड लक्षित उच्च सुरक्षा सतर्कता अपनाइएको बताउनुभएको हो । चाडबाडमा अपराधिक घटना बढ्न सक्ने तथा बैंक तथा बित्तिय संस्थामा सेवाग्राहीको भीड बढ्ने भएकाले अपराध तथा कोरोनाबाट बच्नका लागि उच्च सर्तकता अपनाउन जरुरी छ भन्नुभयो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी बैंकको आन्तरिक र वाह्य सुरक्षामा विशेष ध्यान दिन र केही समस्या भएमा तत्काल प्रहरी कार्यालयमा खबर गर्नुभयो । कार्यक्रममा पर्वत जिल्लाको सुरक्षा व्यवस्था सम्बन्धमा राय सुझाव समेत दिन आग्रह गर्नुभयो । बैंकर्स क्लब पर्वतका अध्यक्ष गोबिन्द आचार्यले बैंकहरुमा अपनाइएको सुरक्षा ब्यबस्थाका बारेमा जानकारी गराउनुभएको थियो । पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष ठाकुर बि पौडेलले चाडबाडमा बजारमा चोरीका घटना बढ्ने भएका कारण भीडभाड हुने तथा सुरक्षा संवेदनशील क्षेत्रमा प्रहरी गस्ती बढाउन आग्रह गर्नुभएको थियो । अन्तरकृयामा कुश्मा स्थित बैंकहरुका शाखा प्रमुखको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर