पर्वतको बर्राचौरमा दुग्ध कृषि सहकारी संस्थाको उद्घघाट्न


पर्वत, असोज २६ । सहकारी मार्फत किसानलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउनु अहिलेको आबश्यकता भएको बिहादी गाउँपालिकाका प्रमुख कमल भुषालले बताउनुभएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा शित्तल दुग्ध कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उत्पादनमा क्रमिक रूपमा वृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन कृषि, पशुपालन, तरकारी, फलफूल लगायतका क्षेत्रमा किसानलाई प्रोत्सान गर्ने गरी काम गरेको पनि उहाँले बताउनु भयो । सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपाल कृषि र सहकारी बाट पुरा हुने भन्दै उहाँले अब किसानले कृषिमा आधुनिकीकरण गर्नु पर्ने बताउनुभयो ।

युवाहरुलाई विभिन्न कृषि र कृषिजन्य सामग्रीहरुको उत्पादनमा सहयोग गरी उत्पादन बढाउने र रोजगार सिर्जना गर्ने उदेश्यले सहकारीको स्थापना गरिएको संस्थाका अध्यक्ष मुकुन्द पराजुलीले बताउनुभयो । मुकुन्द पराजुलीको अध्यक्षतामा बर्राचौरमा कृषि बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याईएको हो । सहकारीमा ३१ जना सेयर सदस्य आबद्ध रहेका छन् । संस्थाको उद्घाटन कार्यक्रममा बिहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल, बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि भुसाल ,बिहादी गाउँपालिकाको वडा २ का वडा अध्यक्ष ओम प्रसाद कुवर लगायत विभिन्न पार्टीका प्रतिनिधि स्थानीय कृषकको उपस्थिति रहेको थियो । कार्यक्रममा स्बागत संस्थाका कोषाध्यक्ष दिलमाया पुरी र कार्यक्रमको सञ्चालन सहकारीका सदस्य राम प्रसाद पराजुलीले गर्नुभएको थियो ।

सम्बन्धित खवर