पर्वतमा दशै,तिहार जस्ता चाडपर्वको अवसरमा भिडभाड गरि भोजभतेर गरे कारवाहि गरिने


पर्वत,असोज २९ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र पर्वतको बिहिबार बसेको बैठकले दशै तिहार छठ जस्ता चाडपर्वको अवसरमा कसैले भोजभतेर तथा जुवाxतास खेल्ने र भिडभाड गर्ने खालका कुनै पनि गतिबिधि सञ्चालन गरेको पाईए कारवाहि गरिने भएको छ । जिल्ला बाहिरबाट आएका ब्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको अनुगमन सम्बन्धित वडा अध्यक्ष तथा सदस्यले गर्ने निर्णय गरिएको छ । त्यसैगरी कोरोना भाइस संक्रमितहरु होम आइसोलेशनमा बस्दा बाहिर हिडलुल गर्ने गरेको पाइएमा जिल्ला प्रशासन कार्यलयले कडा कारवार्ही गर्ने भएको छ । जन स्वास्थ्यका मापदण्डहरु नअपनाई जथाभाबि हिडडुल गर्न नपाइने नियम भएपनि यस्ता कार्य बढ्दै जान थालेकोले यस्ता गतिविधि नगर्न प्रशासनले ध्यानाकर्षण गराएको छ ।

यसैबिच यस बर्षको दशैमा शुभकामना आदानप्रदान, चियापान जस्ता मानिसहरु बढि भिडभाड हुने खेलकुदका र अन्य कुनैपनि खाले मनोरन्जनात्मक कार्यक्रमहरु गर्न नपाइने निर्णय पनि उक्त बैठकमा भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो । बैठकले कुनै पनि किसिमको बैठक, भेला, साधारण सभा, तालिम सेमिनार र गोष्ठि समेत गर्न नपाइने निर्णय समेत गरेको छ । बैठकले कोरोना रोकथाम तथा न्यूनीकरण गर्न अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग गर्ने, सामाजिक दुरि कायम गर्ने जस्ता कोभिड १९ बाट सुरक्षित हुने मापदण्डको पालना गर्न सबैमा आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर