६५ औ प्रहरी दिवस पर्वतमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान


पर्वत, असोज ३० । ६५ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा कार्यालयको प्राङगणमा रहेको अमर प्रहरी स्मारकमा माल्यार्पण गरिएको छ भने अमर प्रहरीका परिवारजनहरुले दिप प्रज्वलन समेत गर्नुभएको थियो । सो अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, कुश्मा नगरपालिका वडा नं. ६का वडा अध्यक्ष रुद्र गिरी, सामुदायीक प्रहरी सेवा केन्द्र कुश्मा शिव सुवेदी, नमुना आवासिय मा.विका प्रधानध्यापक ईन्द्रमान खत्री सम्मान(पत्र ले सम्मान गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा उत्कृष्ट अनुसन्धानकर्ता छनोट भई पुरस्कृत भएका प्रहरी जवान राजेश बिकलाई प्रशंसा(पत्र वितरण गर्नुका साथै जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रहरी दिवस २०७७ को अवसरमा आयोजना गरिएका डबल ब्याडमिन्टन तथा डबल टेबुल टेनिस प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । त्यस्तै २०७६ माघ २ गते तनहुँको देवघाट देखी डिउटीबाट फर्किने क्रममा मुगलिन(नारायणघाट सडकखण्डमा सवारी दुर्घटनामा परी घाईते भएका ओमप्रकाश दर्जीलाई पर्वत उद्योग वाणिज्य संघ मार्फत रु. २० हजार सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले समाजमा घट्ने अपराध नियन्त्रण तथा सफल अनुसन्धान गरी शान्ति सुरक्षा स्थापना गर्न नेपाल प्रहरीले खेलेको भुमिकाको प्रंशसा गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न नागरिक र प्रहरीसंगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख बिश्वराज अधिकारीले अमर प्रहरी तथा पुर्व प्रहरी कर्मचारीले पु¥याएको योगदानको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय पर्वत अपराध विरुद्ध शुन्य सहनशिलताको नितिमा अघि बढेको बताउनुभयो । उहाँले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा पुर्व प्रहरी संगठन पर्वतका सदश्य हरिनारायण गिरी, अमर प्रहरी संगठन पर्वतका अध्यक्ष मेनुका लामगादे र सामुदायीक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष शिव प्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक पुर्णिमा थापाले गर्नुभएको थियो ।

सम्बन्धित खवर