समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न


पर्वत, असोज ३० । प्रहरी चौकि डिमुवा र मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा–५ को कार्यालय भवनमा आयोजित कार्यक्रममा वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधि, समाजसेबी, बुद्विजिवी लगायतको उपस्थिति रहेको थियो ।समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रहरी चौकि डिमुवाका ईन्चार्ज होमनाथ अधिकारीले वर्षभरी प्रहरीले गरेका काम कारबाहीहरुको कारेमा जानकारी गराउनुभएको थियो ।समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन प्रहरी लागी परेको बताउनुभयो ।

अधिकारीले सुरक्षित समाजका निमित्त समुदायबाट प्रहरी गस्तिमा प्रहरीसँग समुदायको सहकार्य, घटनाको समयमै जानकारी लगायतका बिषयमा समुदायको सहयोग उल्लेखनीय रहने बताउनुभयो ।कार्यक्रमका वडा नं. ५ का अध्यक्ष दलबहादुर मल्लले सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहने बताउनुभयो । समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि त्यतिकै सजक रहनुपर्ने उहाँको भनाई रहेको थियो ।

यसैबिच प्रहरीले मोदी गाउँपालिका वडा नम्बर ४ खैजरीमा घरेलु हिसां र आत्महत्या न्युनिकरण कार्यक्रम पनि सम्पन्न गरेको छ । प्रहरीले कोरना भाईरस तथा कोभिड १९ बिरुद्ध माईकिङ तथा सचेतना मुलक कार्यक्रम गरेको प्रहरी चौकि डिमुबाका ट्राफिक ईन्चार्ज रेशम थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर