आईतबार एकैदिन पर्वतमा ८ जना पुरुष र ३ महिला सहित ११ जनामा कोरना संक्रमण


पर्वत, कार्तिक १६ । पर्वतमा आईतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कुश्मा नगरपालिकाका ९ जना र महाशीला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महाशीला गाउँपालिकाका दुई जना २६र२६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ भने कुश्मा नगरपालिकाका ५३,२९, १८,३३, ३८ र २४ वर्षिय पुरुष तथा ४४, २७ र २३ वर्षिया वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये चार जना बैकमा कार्यरत कर्मचारी रहेका छन् । सवै जना कन्ट्राक्ट टे्रसिङमा परेको निर्देशनालयले जनाएको छ । सवै संक्रमितलाई आईशोलेशनमा लगिएको छ ।

सम्बन्धित खवर