कस्तुप पन्तको मौलीक ‘देउसी भैलो गितले दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)


पर्वत, कार्तिक १८ । नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गर्दै गायक तथा सर्जक कस्तुप पन्तले बजारमा सार्वजनिक गरेको मौलिक तिहार गित ‘देउसी भैलो’ आम दर्शक श्रोता माझ लोकप्रिय बन्दै गएको छ । तिहार घर आगनीमा नजिकिदै गएको समयमा गायक पन्तले मौलिक ‘देउसी भैलो’ गीत सार्वजनिक गरेका हुन् । पर्वतको घर भएका पन्त लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी भएका गायक लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन । प्राय गीतमा आँफ्नै लय र शब्द सिर्जना गर्दै आएका पन्तको ‘देउसी भैलो’ गीतमा पनि आँफ्नै लय र शब्द रहेको छ ।

गीतले नजिकिदै गरेको महान चाड तिहार गाउँ घरमा खेलिने देउसी भैलो मार्फत हाम्रो समाजमा सन्देश प्रदान गरेको छ । समाजको बास्तबिक परिवेश र विषयवस्तु उठान भएको गीतले केहि दिनमै उल्लेख्य दर्शक श्रोताको मन जित्न सफल बनेको गायक पन्तले बताए ।
कस्तुप पन्तको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको सो गीतलाई कपिल लामाले निर्देशन गरेका हुन् ।माधव श्रेष्ठको कोरियोग्राफी, दीपक गिरीको छायाँकन रहेको भिडियोमा शिव पौडेलको सम्पादन रहेको छ ।

भिडियोमा रुवीन अधिकारी, कविता न्यौपाने, नीना बुढाथोकी, गायक, गायिका लगायतको अभिनय रहेको छ । परम्परागत संस्कृतिको जगर्ने गर्ने उद्देश्य सहित गितमा बजारमा ल्याएको पन्तको भनाई रहेको छ।गाएक पन्तले बडा दशैंको अबसर पारेर पानीको फोका बोलको गित समेत सार्वजानिक गरेका थिए उक्त गितले सफलत प्राप्त गरिसकेको छ । हेर्नूहोस पुरा (भिडियो सहित)

सम्बन्धित खवर