कुश्मा नगरपालिका वडा नम्बर ३ दुलुर्ङमा श्रद्धान्जली सभा सम्पन्न


पर्वत, कार्तिक २१ । कुश्मा नगरपालिका वडा नम्बर ३ दुलुर्ङले आज श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । दुर्लुङ भुजेलथान निवासी वडा सदस्य सुधा गुरुङकी सासु आमा सामाजिक ब्यक्तित्व स्व पदम कुमारी गुरुङको छैठौ पुन्य तिथिमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको हो । उहाँलाई वडा अध्यक्ष तेजप्रसाद पाध्या लगायतले श्रद्धाञ्जली सभा एबम शोकशन्तप्त परिवारजनमा घरमै पुगि समवेदना प्रकट गर्नुभएको हो । श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन वडा सचिब याम पौडेलले गर्नुभएको थियो । उहाँ समाजीक तथा अन्य बिभिन्न क्षेत्रमा आबद्ध हुनुहन्थ्यो । उहाँको ८६ वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित खवर