कोभिड–१९अनुगमन गर्न गठित संसदीय उपसमितिद्धारा जिल्ला अस्पताल पर्वतको अनुगमन


पर्वत, कार्तिक २४ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन । पछिल्लो केही सातायता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तिव्र आलोचना समेत भइरहेको छ । यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ । यसै सन्र्दभमा सरकारले गरेका काम कारबाही र अनुगमन गर्न गठित संसदीय उपसमितिले काठमाडौ बाहिरका जिल्लाहरुको अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा गण्डकी प्रदेश प्रबेश गरेको टोलिले सोमबार पर्वत अस्पतालको अनुगमन गरेको हो । अनुगमन टोलि संग जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी र जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटाले अस्पतालमा भएका गतिविधि र व्यवस्थापनबारे जानकारी दिनुभएको थियो ।

४ सदस्यीय अनुगमन टोलिले अस्पतालको आईसियु तथा आईसुलेशन कक्ष तथा कोरना अस्पतालको समेत अनुगमन गरेको हो । संसदीय समितिले कोभिड–१९ को उपचार र रोकथामका विषयमा गरेका काम सन्तोषजनक रहेको उप–समितिका संयोजक जीवनराम श्रेष्ठले जानकारी गराउनु भएको थियो । जिल्ला अस्पताल पर्वतले थालेका बिभिन्न कदमहरु राम्रो रहेको र कोभिड नियन्त्रणमा अग्रणी भुमिका खेलेको पाईएको बताउनुभयो । सो अबसरमा उहाँले कोरोनाको उपचार र रोकथामका क्रममा भएका काम कारवाही, तथा समस्याका विषयमा बुझ्न जिल्लामा आएको बताउनुभयो । अस्पतालमा उपचार र रोकथामका लागि गरिएका प्रयास र आइपरेका समस्याका विषयमा अनुगमन पछि सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने श्रेष्ठको भनाई रहेको छ ।

सम्बन्धित खवर