पिपलटारीमा गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा जलेर ध्वस्त

 

पर्वत,कार्तिक ३० । सडकमा गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा जलेर ध्वस्त भएको छ । पोखरा देखि पर्वत आउँदै गर्दा कुश्मा नगरपालिका वडा नं १० पिपलटारीको थाउसेखोला नजिकै ग २ च ३९१२ नम्बरको कारमा अचानक आगलागी भएको हो । स्थानीय सुवास चन्द्र रोकाले चलाएको कार सडकमा गुडिरहेकै अवस्थामा एक्कासि आगलागी भएपछि बाटोमै जलेर ध्वस्त भएको वडा अध्यक्ष अमर सुनारले जानकारी दिनुभयो । कार जलेर पुर्णरुपमा ध्वस्त भएपनि कुनै मानवीय क्षति भने नभएको उहाले बताउनुभयो । दुई वर्ष अगाडि खरिद गरेको कार गुडिरहेकै अवस्थामा के कति कारणले आगलागी भयो आफू अनभिज्ञ रहेको रोकाले वताउनुभयो ।

सम्बन्धित खवर